२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

निर्धन उत्थान लघुबित्त गुलरिया बर्दिया शाखाद्वारा बिमा क्षतिपूर्ति रकम बितरण।

२०,असार, २०८१
निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड गुलरिया बर्दियाले आज एक कार्यक्रम गरेर बिमा रकम बितरण गरेको छ। गुलरिया नगरपालिका -०४ नयावस्तीमा बिमा रकम बितरण गरेको हो।
गुलरिया-०४ नयाबस्ति कि समूह सदस्य सपना परियारको मृत्यु पश्चात् रु ५ लाख ९३ हजार ४ सय ६९ रुपैया मृतक सदस्य का पति प्रेम बहादुर दमैलाइ शाखा प्रबन्धक मनिराम थारु तथा वडा सदस्य सबिता सेवाले सयुत्त रुपमा बितरण गरेका छ्न।
कार्यक्रम मा प्रमुख अतिथी गुलरिया न पा -०४ कि महिला वडा सदस्य सबिता सेवा, बिशिस्ट अतिथी शाखा प्रबन्धक मनिराम थारु रहेका थिए। कार्यक्रम मा बोल्दै बिशिस्ट अतिथी मनिराम थारुले निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाले प्रदान गर्ने बित्तिय तथा गैरबित्तिय सेवा, सस्थाको हालको अबस्था र ग्राहक मैत्री सुबिधा बारे जानकारी दिएका थिए।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी सबिता सेवाले निर्धन उत्थान लघुबित्तले यस्तो विषम परिस्थिति मा समेत ग्राहकको सरक्षण गर्दै बिना धितो कारोबार गरेको र आफ्नो ठाउमा धेरै लाई स्वरोजगार गराएको र हाल लघुबित्त बारे गलत भ्रम फैलाएर एक थरी जमात हिडेको र त्यसको पछाडि नपरी आफ्नो बित्तिय कारोबार अनुसासितरुपमा सन्चालन गर्न सबै दिदिबहिनिलाइ आग्रह गरेकी थिइन। समूह सदस्य , स्थानीय बुद्धिजीवी सहित ४० जनाको उपस्थितिमा सन्चालन भएको कार्यक्रम को सन्चालन कर्जा अधिकृत कृष्ण बोहराले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?