अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बानियाँ निर्माण सेवा प्रालिले उत्खनन गरेको चुनढुङा खानीमा अनुगमन गर्नु भएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी खत्री जिल्ला प्रमुख अनुसन्धान अधिकृत ईश्वरि प्रसाद आचार्य लगायतको प्रतिनिधि टोलीले बानियाँ निर्माण सेवा प्रालि हेटौंडाद्वारा सन्धिखर्क नगरपालिका वडा न ७ मा उत्खनन गरि भुगर्भ सिमेन्ट लि। लाई लाई सप्लाइ गरेको चुनढुङा खानीमा अनुगमन गर्नु भएको छ
अनुगमनको क्रममा खत्रीले खानिमा राखिएको चुनढुङ्गा चलानी नापजाँच धर्मकाट लगायत महत्त्वपूर्ण खानी संचालन बिषयमा जानकारी लिनु भएको छ । चुनढुंगा बोक्ने टिप्परका लागि समयकार्ड समेत लागु छ प्रशासनले कार्ड बितरण बाहेक कुनै काम गरेको भने छैन अहिले सबै टिप्परहरु निर्वाद सञ्चालन भएका छन कुनै पनि प्रहरीले चेकजाँच नगर्ने गरेका चालकहरुको भनाइ छ । यस्तै हाल खानीमै टिप्पर लोड भएर आउने गर्छ यस अघि ओभरलोडको गुनासो गर्दा काँटा नहुँदा कारवाही गर्न नसकिएको बताउने प्रशासनले अहिले हरेक टिप्परले क्षमता र अनुमति भन्दा बढी बोक्दा पनि कुनै कारवाही भने छैन अहिले टिप्परहरुले १६ देखि २० टन सवारीको भार बाहेक बोक्ने गरेका छन । अनुगमन पछि प्रजिअ खत्रीले खानी संचालक तथा आफू मातहतका प्रहरीहरुलाई सरकारसँग गरिएको सम्झौता कार्यन्यनको लागि अनुरोध गर्दै कानुन बिपरित भएमा कारवाही गर्न निर्देशन दिनु भएको छ सम्झौता अनुसार खानी बाट डुङ्गा गाडिको वजन बाहेक १० टन मात्र बोक्ने सम्झौतामा उल्लेख गरिएको छ