सिडियोको चुनढुंगा खानी अनुगमन ओभरलोड बोक्ने टिप्परलाइ होला त कारवाही

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बानियाँ निर्माण सेवा प्रालिले उत्खनन गरेको चुनढुङा खानीमा अनुगमन गर्नु भएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी खत्री जिल्ला प्रमुख अनुसन्धान अधिकृत ईश्वरि प्रसाद आचार्य लगायतको प्रतिनिधि टोलीले बानियाँ निर्माण सेवा प्रालि हेटौंडाद्वारा सन्धिखर्क नगरपालिका वडा न ७ मा उत्खनन गरि भुगर्भ सिमेन्ट लि। लाई लाई सप्लाइ गरेको चुनढुङा खानीमा अनुगमन गर्नु भएको छ

अनुगमनको क्रममा खत्रीले खानिमा राखिएको चुनढुङ्गा चलानी नापजाँच धर्मकाट लगायत महत्त्वपूर्ण खानी संचालन बिषयमा जानकारी लिनु भएको छ । चुनढुंगा बोक्ने टिप्परका लागि समयकार्ड समेत लागु छ प्रशासनले कार्ड बितरण बाहेक कुनै काम गरेको भने छैन अहिले सबै टिप्परहरु निर्वाद सञ्चालन भएका छन कुनै पनि प्रहरीले चेकजाँच नगर्ने गरेका चालकहरुको भनाइ छ । यस्तै हाल खानीमै टिप्पर लोड भएर आउने गर्छ यस अघि ओभरलोडको गुनासो गर्दा काँटा नहुँदा कारवाही गर्न नसकिएको बताउने प्रशासनले अहिले हरेक टिप्परले क्षमता र अनुमति भन्दा बढी बोक्दा पनि कुनै कारवाही भने छैन अहिले टिप्परहरुले १६ देखि २० टन सवारीको भार बाहेक बोक्ने गरेका छन । अनुगमन पछि प्रजिअ खत्रीले खानी संचालक तथा आफू मातहतका प्रहरीहरुलाई सरकारसँग गरिएको सम्झौता कार्यन्यनको लागि अनुरोध गर्दै कानुन बिपरित भएमा कारवाही गर्न निर्देशन दिनु भएको छ सम्झौता अनुसार खानी बाट डुङ्गा गाडिको वजन बाहेक १० टन मात्र बोक्ने सम्झौतामा उल्लेख गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?