शितगंगा, न्यूजपाना
शितगंगा नगरपालिका वडा न २ सितापुरमा रहेको श्री शितगंगा कृषि तथा पशु विकास महिला सहकारी सस्था लि. को छैठौं साधारण सभा सम्पन्न भएको छ ।संस्थाकी अध्यक्ष बिस्नु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सासंद रामजि प्रसाद घिमिरेको प्रमुख आतिथ्यता, , वडा न २ का वडा अध्यक्ष , राम बहादुर गोर्खा क्षेत्री र अतिथीहरु वडा सदस्यहरु नारायण क्षेत्री भगबति सुनार लक्ष्मी क्षेत्री नेपालि काङ्ग्रेस प्रदेश सदस्य राजेन्द्र केशि लगायतको उपस्थित मा कार्यक्रम सम्पन्न भएको हो ।
श्री शितगंगा कृषि तथा पशु विकास महिला सहकारी संस्थामा शितगंगा नगरपालिका वडा न २ मा गठन भएको ३३ ओटा समुहका अहिलेसम्म ७४१ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुंजी असार मसान्त सम्म १९ लाख ३९ हजार ८ सय रहेको छ । बचत निक्षेप , ६५ लाख ,८५ हजार ७ सय ९१रहेको र कोष हिसाब ३८लाख, ४०हजार , १ सय ८८ रुपैयाँ गरी संस्थाको कुल पुंजी १ करोड , २४ लाख, १४ हजार ,।९सय १८ रुपैया रहेको संस्थाको वार्षीक प्रगति प्रतिवेदन अध्यक्ष बिस्नु अधिकारी ले प्रस्तुत गर्नुभएको थियो ।
यस आर्थिक वर्षमा यस सहकारी संस्थाले ७०९ खसीबोका २१०१३ केजि खरिद बिक्री गरेको छ । जसबाट ८८ लाख ४३ हजार ३ सय ९० रुपैया को कारोबार भएको छ । तौल प्रणली मार्फत खरीद बिक्रि गरेको छ र रासायनीक मल , मकै चोकर र बरान खरीद बिकि गरी जसबाट ५०८५५७ रुपैंया बराबारको कारोबार गरेको छ ।यस संस्थाद्धारा लगानी गर्दा लिइने ब्याजदर १६ प्रतिशत र सदस्यलाई दिने ब्याजदर १० प्रतिशत रहको छ ।