शिक्षा बिद्येयकको बिरोधमा देशभरका शिक्षक आन्दोलित छन शितगंगा नगरपालकामा पनि यसको असर परेको छ । सरकारले संसदमा पेश गरेको विद्यालय सम्बन्धी शिक्षा विधेयक २०८० बिवेदकारी रहेको भन्दै शिक्षकहरु आन्दोलित छन देशभर बाट काठमाडौमा जम्मा भएर शिक्षकले आन्दोलन गरिरहेका छन शितगंगा नगरपालिकाबाट समेत ३१ जना शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौ पुगेका छन ।
बिद्यालय बन्द गरेरै बिरोध कार्यक्रममा सहभागि भएका शिक्षक मध्ये केही शिक्षकका छोराछोरी भने बोर्डिङमा पढन गइरहेका छन । शितगंगा ४ को ज्योती माबिले समेत सुचना जारी गरेरै पठनपाठन अर्को सुचना नआउनजेल सम्म बिद्यालय बन्द गरेको सुचना जारी गरेको छ निमित्त प्रअ भिर्माजुन पौडेल द्धारा विज्ञप्ति जारी गदै आन्दोलनमा एक्यबद्धता जनाउदै बिद्यालय बन्द गरिएको जानकारी गराइएको छ ।
बिभिन्न स्थानिय तहले बिद्यालय बन्दको बिषयमा प्रतिकृया दिए पनि शितगंगा नगरपालिकाले भने कुनैसुचना जारी गरेको छैन । यता बिद्यार्थी भने बिद्यालयमा पुगेर फर्किएका छन । टाढाटाढा बाट पढ्न आएका बिद्यार्थीहरु निरास बनेर घर फर्किका छन आधिकारीक कुनै सुचना नहुँदा बिद्यालय आएको उनिहरुको भनाइ छ ।
यता बोर्डिङ स्कुल भने सञ्चालनमा रहेका छन शिक्षक तथा जनप्रतिनिधीका सन्तान पढ्न स्कुल गएका छन भने सर्वसाधारणका छोराछोरी बिद्यालयबाट रित्तै फर्किएका छन ।