२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

राहत बोकेर जाजरकोट पुगे मेयर अजय थापा

शिबराज नगरपालिकाका नगरप्रमुख अजय थापा गायतको नगरको टोली जाजरकोटका भुकम्प पिडितहरुका लागि राहत बोकेर जाजरकोट पुगेका छन । त्यहा पुगेर नगरपालिकामा राहत सामाग्री हस्तान्त्रण गरिएको नगर प्रमुख थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ । शिवराज कार्यपालिकाको वैठकले नगरका जनप्रतिनिधीको ३ दिन र कर्मचारीको १ दिन बराबरको तलव भुकम्प प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित परिवारलाई नगरपालिकाबाट आर्थिक सहयोग गर्ने निर्णय भएपछि राहत सामग्री लिएर मेयर अजय थापाको नेतृत्वमा गएराती जाजरकोट प्रस्थान गरेको थियो । नगरपालिकाबाट संकलित उक्त रकमबाट ३ सय पीस ब्लान्केट र २ सय ५० पोका चिउरा प्रति केजी ५ लगायतका सामाग्री राहत लागि भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर हस्तान्त्रण गरिएको हो ।
राहत वितरण गर्न मेयर थापाको टिम संग वडाध्यक्षहरु टेकलाल सापकोटा, खिमविक्रम केसी, रिजवान मुसलमान, रामगोपाल चौधरी, लेखा अधिकृत रामचन्द्र मरासिनी सहितको टोली राहत लिएर जाजरकोट हिडेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?