सामाजिक सञ्जालमा देखेर रक्तदान गर्न पुगे एसपी ।।सुत्केरीको बच्यो ज्यान

कपिलवस्तु अस्पताल तौलिहवामा एक सुत्केरी आमा जीवन र मृत्युको दोसाधमा थिइन् । जन्मन नपाउँदै सात महिनाको गर्भ गुमाएकी ती महिलालाई चिकित्सकले तत्काल ४ पोकासम्म एबी पोजेटिभ रगत आवश्यक रहेको बताए । तर परिवारले जहाँतही खोज्दा पनि रगत जुटाउन सकेन ।
हतार–हतार दौडधूपपछि तौलिहवाको रक्तसञ्चार केन्द्रबाट एक पोका मात्र रगत उपलब्ध भयो । बाँकी रगत खोजी असफल भएपछि परिवारजनले सामाजिक सञ्जालमार्फत अपिल गरे । “कसैसँग एबी पोजेटिभ छ भने तुरुन्त रगत आवश्यक छ ।”
पत्रकार बासुदेव बर्माले फेसबुकमा राखेको त्यो अपिल सशस्त्र प्रहरी बल २८ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नेत्र केसीको नजरमा प¥यो । कुनै विलम्ब नगरी उनले पोसाक फेरे, रेडक्रस सोसाइटी तौलिहवा पुगे र आफ्नो हात चढाए रक्तदानका लागि । अहिले पनि ती महिलालाई थप २ पोका रगत आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् ।
कपिलवस्तुमा हाल रगतको गम्भीर अभाव रहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । सदरमुकाममै रक्तसञ्चार केन्द्रमा पर्याप्त रगत उपलब्ध नभएकाले आकस्मिक अवस्थामा बिरामीलाई उपचार गर्न मुस्किल परेको छ । विशेषज्ञहरूका अनुसार नियमित रक्तदान गर्ने संस्कृतिको अभावकै कारण समस्या चुलिएको हो । “रगत चाहिँदा मात्रै मानिसहरू सक्रिय हुन्छन्, तर नियमित रक्तदान गर्ने बानी भने अत्यन्त कमजोर छ,” एक स्वास्थ्यकर्मीले भने । यसैकारण दुर्घटना, शल्यक्रिया वा आकस्मिक अवस्थामा बिरामीहरूलाई तत्काल रगत जुटाउन चुनौती बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

रोल्पामा पहिरो १० जनाको मृत्यु क्हि बेपत्ता

कुकुरको समुहले चार वर्षीया बालिकामाथि आक्रमण, टाउकोमा ८० टाँका

शिक्षक सरुवामा रकम मागेको आरोपपछि प्रभाकर माविमा विवाद

अर्घाखाँचीमा १०.७५ किमि पक्की कुलो ३१ सय हेक्टरमा १२ महिनै सिचाँइ

छुटाउनुभयो कि ?