२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

पदम भुसाल जस्ले अलपत्र पारे करोडौका योजना

न्युज पाना शितगंगा
शितगंगा नगरपालिकामा केही मुख्य योजना ५ बष देखि अलपत्र हुँदा यँहाका जनप्रतिनिधी समेत बदनाम भएको छन तर कामको मुख्य जिम्मा पाएका भुसाल कन्ट्रकसन र पदम भुसालको भने ओराली लागेको हरिणको चाल भने जस्तै छ दजनौ योजना अलपत्र पारेर बसेका छन पदम भुसालले शितगंगामा अलपत्र पारेका योजनाहरुले यो नगरपालिकानै ५ बर्ष पछि धकेलिएको अनुभव भएको वडा अध्यक्ष चिन्ताराज अधिकारी बताउनु हुन्छ । पुर्व मेयर सुर्य प्रसाद अधिकारीले पटक पटक पत्र काट्ने कार्यालय बोलाउने र दवाव दिने गर्दा केही कामसुरु गरे पनि हाल शितगंगाको मुख्य डमरुदह क्षेत्र भुसालले कुरुप पारेर छाडेका छन ५ बर्ष देखि उत्त क्षेत्र अलपत्र छ काम गर्न भन्दै गतबर्ष सडकमै सामाग्री झारेका भुसालले सडक अबरुद्ध पारेर मात्र छाडे पनि सामाग्री हटाएर स्थानियले सडक सुचारु गरेका छन ।
यस क्षेत्रको गौरवको आयोजनाको रुपमा रहेको अस्पताल भुसालले अलपत्र पारेको बषौ भयो पुरानो भवन चुहिएर बिरामी सास्थी भोग्ने गर्छन तर नयाँ भवन अहिले पनि अलपत्र परेको छ । हिलेखोला देखि रजिया गाँउ सम्म पहिलो पटक नगरपालिकाकै कालोपत्रे सडकको रुपमा भुसालले काम थाले तर पुर्व मेयर सुर्य प्रसाद अधिकारी उपमेयर टिका रेस्मिको कार्यकालमा २ वटा सडक कालोपत्रे सडक बनाउने उदेश्यले पारेको बजेट बालुवकै पानी जस्तो भयो । पतञ्जली सडकको केहि काम र भवन समेत भुसालले अलपत्र पारे अमराई बजार देखी साना दह सम्मको सडक समेत कालोपत्रे गर्नु पर्ने ३ बर्ष पहिले हो तर अहिले सम्म सडक अलपत्र छ ।

बजेट निकासा गर्न कार्यालयले समेत अलपत्र योजनाहरुका कारण अन्य बजेट दिन नखोजेको शितगंगाका जनप्रतिनिधीको गुनासो छ । पदम भुसाललका कारण सहरी बिकास मन्त्रालयको बजेट समेत आउन कम भएको छ । शितगंगा नगरपालिकाले समेत पदम भुसाललाई काम सम्पन्न गर्न वा ठेक्का रोक्न भन्दै जनप्रतिनिधीले कार्यालयलाई पत्र काटेको छ । प्रदेश अन्तरगतका ठेक्का अलपत्र पारेकोले काम गर्ने समभावना नरहेको भन्दै केही ठेक्का रद्ध गर्ने तयारी रहेको सहरी बिकास तथा भवन कार्यालय भैरहवाका प्रमुख शान्तमणी अधिकारीले जानकारी दिनु भयो । महालेखाले समेत बिभिन्न स्थानमा ठेक्कम अलपत्र पार्ने भुसाल कन्ट्रक्सनलाई कालो सुचीमा राख्न सुझाव दिएको छ।

शितगंगा नगरपालिकाले भने योजना अलपत्र पार्ने ठेकदारलाई कुनै दवाव दिन नसकेको गुनासो स्थानिय कमल पौडेलले गुनासो गर्नु भयो बषै देखि योजना अलपत्र पार्दा कार्यापालिका बैठकबाट निर्णय गरेर कार्यालयलाई योजना रद्ध गर्न दवाव दिन स्थानिय हरुले दिएको सुझावलाइ जनप्रतिनिधीहरुले नटेरेको र ठेकलारकै पक्षमा बसेको गुनासो छ । केही वडा अध्यक्षले कुरा उठाउदा समेत यो बिषयले कार्यपालिकामा प्रवेस पाउन नसकेको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी (31%)
  • हाँस्यास्पद (26%)
  • आक्रोशित (19%)
  • अचम्मित (14%)
  • खुसी (10%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?