२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

शितगंगा ६ को राय सुझाव संकलन तथा वडा परिषद सम्पन्न

विक्रम आचार्य, शितगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ६ को आ ।व। २० ८०।०८१को समिक्षा तथा आ । व ।२०८१र० ८ २ को योजना छनौटका लागि राय , सल्लाह ,सुझाव संकलन तथा वडा परिषद सम्पन्न भएको छ ।

परिषदबाट आगामी २०८ १र०८२ मा भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता विषयवस्तुलाई प्राथामिकतामा राखिने भएको छ । त्यस्तैगरी सामाजिक विकास तर्फ कृषि, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथामिकता राखिएको वडा अध्यक्ष ऋषि रेश्मीले बताउनुभयो ।

टोल स्तरीय योजना छनौट नभएपनि सबै सरोकार वाला बाट जनताका गुनासो सहितका सल्लाह, सुझाव लीदा अधिकांशले अब आगामी योजनाहरुमा यसपल्ट शिक्षा, स्वास्थ्य, खानेपानी ,कृषिलाई प्राथमिकता दिन सुझाव दिएको अध्यक्ष रेश्मीले बताउनुभयो ।

आजको उद्घाटन सत्र कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधी कार्यपालिका सदस्य पार्टी प्रतिनिधी नेपाली काङ्ग्रेस बाट दान ब पेङनी नेकपा एमालेबाट तीलक भाट, कासि भट्टराई , रोशन भुसाल माओवादी केन्द्र बाट मणि अधिकारी , भुपाल सारु, ढुन बहादुर गाहा एकिकृत समाजवादी बाट गोविन्द पोख्रेल , सहकारी बाट बसन्ता आचार्य शिक्षण संस्थावाट प्रधानाध्यापक पत्रकार संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले दिगो विकाश निर्माणको लागि शिक्षा , स्वास्थ्य, कृषि , खानेपानी जस्ता क्षेत्रलाई प्राथामिकतामा राखेर तिव्र बसाई सराईलाई रोकि विकाशको आधार निर्माण गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष रेश्मीले सबैका सुझावलाई आत्मसाथ गर्दै विकाश निर्माणको लागि योजना विनियोजन गर्दा सबैलाई समेटेर बजेट विनियोजन गर्ने बताउनु भयो।

खुला सत्रको कार्यक्रम वडा अध्यक्ष ऋषि रेश्मीको अध्यक्षता, वडा सदस्य सूर्य सारुको स्वागत मन्तव्य र सचिव हिमाल भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?