२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

शितगंगामा उत्पादनमा आधारित अनुदान पशुमा सन्तोस जनक कृषिमा दुरुपयोग

शितगंगा नगरपालिकाले बार्षिक उत्पादनमा आधरित अनुदानमा १ करोड रकम बितरण गर्ने गरेको छ । नगरपालिकाले सहकारीको र वडाको सिफारिसमा रकम दिने गरेको छ । यस अघि सहकारी मार्फत रकम दिने गरिएकोमा सहकारीले फर्जी सिफारिस बढि गरेको भन्दै बिरोध भए पछि अहिले किसानको खातामा रकम राख्ने निर्णय भएको छ ।

३ बर्ष देखि एक लाख अनुदान खाने कागती खेती

नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन पशुमा प्रतिकिलो ५० रुपिया र तरकारी ,केरा, बेसारमा प्रति रोपनी ५ हजार तथा कागती एभोकाडो ,कफि ,किभी लगायतका बिरुवामा प्रति बिरुवा रु १ सय दिने निर्णय गरेको छ सोहि अनुसार यो बर्ष पनि १ करोड ३० लाख बराबरको सफारिस नगरमा आएको छ ।
नगरपालिकाले अहिले वडा र सहकारीको सिफारिसको आधारमा अनुगमन सुरु गरेको छ । अनुगमनको क्रममा सहकारीले सिफारिस गरेका कृषकहरुको बिवरण अनुसार नभएको पाइएको छ भने कागती लगायतका बिरुवामा लगाएकै आधारमा एकै बिरुवालाइ हरेक बर्ष अनुदान दिने गरिएको पाइएको छ ।नगरले बिरुवाको आधरमा अनुदान दिने भए पछि बिरुवा लगाएर छाडेर मात्रै पनि हरेक बर्ष अनुदान दिने गरे पछि लगाएर छाडेकै भरमा अनुदान लिने गरेको भेटिएको छ ।

८ रोपानी तरकारी खेतीको अनुदान माग गरिएको बारी अनुगमनमा

अनुगमनको क्रममा शितगंगा ९ छहरेमा ३ बर्ष देखि कागतीमा अनुदान लिने गरेको शितगंगा कृषिफममा लगाएका कागती ३ बर्षमा पनि झार र घाँसले पुरेको अबस्थामा देखिएका छन । अनुगमन टोलीका संयोजक कार्यपालिका सदस्य बोम बहादुर बिकले अनुगमनको क्रममा धेरै स्थानमा दुरुपयोग भएको पाइएको बताउनु भयो । ८ रोपनी तरकारी खेती गरेका फारम भरेको घरमा अनुगमन जाँदा गहु बासी देखाउने समेत गर्ने गरेको बिकले बताउनु भयो ।

कफी खेती शितगंगा ९ सिद्धारा

शितगंगा नगरपालिकामा यो बर्ष १ करोड ३० लाख मुल्य बराबरको उत्पादनमा आधारित अनुदानको माग गरिएको छ । नगरपालिकाले ८० लाख बजेट उत्त सिर्षकमा बिनियोजन गरेको छ । अनुगमनको क्रममा लगातार ४ बर्ष सम्म एकै खेतीको बेसारबाट समेत अनुदान लिने गरेको भेटिएको छ । बेसार खेती गरेका केही ब्यत्रिले ४ बर्ष देखि बेसार नखनेर एकै खेतीबाट अनुदान लिने गरको भेटिएको हो ।

अनुगमनको क्रममा किसानहरुले किसानको उत्पादन नगरपालिकाले खरिदको बातावरण मिलाउनु पर्ने माग गरेका छन । दुख गरेको खेती बजार नपाउदा बिग्रने कुहिने गरेकोले उत्पादाको आधारमा भन्दा किसानको उत्पादन भएको सामाग्री बिक्री गर्न सहज गराउने र नगरले बिक्रीमा अनुदान दिएमा सहज हुने किसानको माग छ । केही कुखुरा पालक किसानले भनेकै आधारमा अत्याधिक माधामा बिक्री गरिएको बिबरण समेत टिपाएको पाईको छ । सामान्य किसानले समेत ३० लाखको कारोवार भएको मुल्य बराबरको अनुदान रकम भरेको देखिएका छन ।

अनुगमनमा कृषि शाखा प्रमुख अनिल शर्मा , पशुशाखा प्रमुख गणेश थापा अमिन बिष्णु आर्चाय लगायतका प्रतिनिधीको सहभागिता रहेको छ । अनुगमन पछि अनुगमन टोलीले अनुगमनको आधारमा कार्यपालिकामा प्रतिवेदन पेश गर्ने बताएका छन । गत बर्षहरुमा समेत अनुदान लिनेहरुको अनुगमन पछि दिएको प्रतिवेदनमाथी नगरपालिकाले कुनै सुनुवाइ नगरेको अनिल शर्माले बताउनु भयो । गाँउगाँउमा पुगेर अनुगमन गरेर काम नगरेका झुठा निवेदकको नाम समेत हटाएर दिँदा समेत नगरपालिकाको बैठकले सबैलाई अनुदान प्रदान गर्ने गरेको भन्दै यस्तो गर्दा अनुगमनको कसर्न अर्थ नरहने बताउनु भयो । यस्तै पशु शाखा प्रमुख गणेश थापाले मासुमा दिने अनुदानमा हरेक बर्ष एकै परिणम हुनेहरुलाई बिक्री परिणम बढाएमा मात्र दिने ब्यवस्था गर्दा उत्पादन र आयआर्जन बढडन सक्ने बताउनु भयो गत बर्ष पनि २५० केपज यो बर्ष पनि २५० केजी बिक्री गर्ने किसा समान बिक्री गर्ने किसानको सख्या बढी हुने गरेका थापाले बताउनु भयो । यता संयोजक बिकले अनुगमनको रिर्पोट र काम नगरि अनुदान भर्नेहरुको अनुदान कटौती हुने बताउनु भयो । जुन अबस्थामा रहेको छ त्यही आधारमै अनुदान प्रदान गर्न कार्यपालिकामा निर्णय गराउने बिकले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (60%)
  • आक्रोशित (20%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?