ज्योती भबिश्वर बहुमुखी क्याम्पसको आयोजनमा हुने महायज्ञको तयारी तिव्र रुप अघि बढेको आयोजकले जनाएको छ । आगामी बैसाख १ गते बाट हुने महायज्ञको प्रचारप्रसार तथा निमार्णको काम सुरु भएको आयोजक संस्था ज्योती भबिश्वर बहुमुखी क्याम्पसका अध्यक्ष कुमार केशव बेल्बासेले जानकारी दिनु भयो । क्याम्पसले महामयज्ञ सञ्चालनका लागि बिभिन्न उपसमिति बनाएर जिम्मा बाडफाड गरेको क्याम्पस प्रमुख बिष्णु प्रसाद भट्टराइले जानकारी दिनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख भट्टराइले क्याम्पस जिल्लाको दक्षिण क्षेत्रको शिक्षाको मुख्य धरोधरको रुपमा रहेको छ, क्याम्पसबाट करिब ६ दर्जन भन्दा धेरै बिधार्थीले स्नातक तह उर्तिण गरेका छन्,बिकट क्षेत्रका गरिब बिपन्न बर्गका बिधार्थीहरुले अहिले पनि नियमित रुपमा १३८ बिधार्थीहरुले अध्ययन गरेका बताउनु भयो ।
शिक्षाको बिकास र पर्यटन प्रवद्र्धनका लागी गर्न लागीएको महायज्ञलाई सफल पार्न पत्रकार महासंघ र सम्पुर्ण मिडियाको तर्फबाट बलियो साथ सहयोग हुने पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताउनु भयो ।‘क्याम्पसको गुणस्तर सुधार,स्तरवृद्धि साथै अर्घाखाँचीको शैक्षिक तथा पर्यटन प्रवद्र्धनका लागि’ भन्ने मुल नाराका साथ आगामी २०८१ बैशाख १ गते देखी ९ गते सम्म धार्मिक सितगंगा ३ डमरु दहकै काखमा ज्ञान महायज्ञ हुन लागेको हो ।
क्याम्पसले पत्रकार सम्मेलन गरि तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।
महायज्ञमा ५० लाख भन्दा बढी आर्थिक संकलनको लक्ष्य राखिएको छ। महायज्ञबाट संकलित रकम क्याम्पसको सञ्चालन तथा निमार्णधिन अबस्थामा रहेको क्याम्पस भवन निमार्णमा खर्च गर्ने आयोजकले जनाएको छ यस अघि २०७५ सालमा महायज्ञ सञ्चालन गरि ७३ लाख संकलन गरिएको थियो । क्याम्पस सञ्चालनमा बजेट अभाव भएकोले महायज्ञ सञ्चालन गरिएको थियो सोही रकम बैकमा राखि अहिले कार्यलय सञ्चालनमा सहयोग भएको छ । क्याम्पसको अलपत्र भवन निमार्णमा स्थानिय सरकारलाई पटक पटक अनुरोध गर्दा पनि बजेट ब्यवस्थान हुन नसक्दा भवन अलपत्र छ भने बिद्याथी जोखिम पुर्ण जिर्ण भवनबाट पठनपाठन गर्न बाध्य बनेका छन ।
२०६९ सालवाट त्रिभुवन बिश्वविधालयवाट सम्वन्धन प्राप्त गरि स्नातक तहका ब्यवस्थापन संकाय र शिक्षा संकाय बिभिन्न कक्षाहरु सञ्चालन भएको छ ।
कार्यक्रममा बोल्दै क्याम्पस अध्यक्ष बेल्बासेले क्याम्पसको भवन निमार्णलाई प्रयाप्त बजेट नहुदाँ क्याम्पस अहिले सम्म अलपत्र अबस्थामा रहेको र बिगतमा पनि महायज्ञ गरि उपलब्धी हाशिल गरेको बताउदै क्याम्पसको आर्थिक,शैशिक,पर्यटन बिकासका साथै समाजमा भएका बिभिन्न बिकृती बिसंगतीको अन्त्य गर्ने मुख्य उदेश्यका साथ महायज्ञ गर्न लागेका जानकारी दिनु भयो ।
बिधालयको आर्थिक तथा भौतिक अवस्था कमजोर भएका कारण महायज्ञ गर्न लागीएको भन्दै बिकासको मुख्य मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रलाई अगाडी बढाउन क्याम्पसको महत्वपुर्ण भुमिका रहेको शितगंगा नगरपालिका वडा न ३ का अध्यक्ष चिन्ताराज अधिकारीले बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अधिकारीले क्याम्पसको अबस्था,महत्व,आबश्यकता साथै महायज्ञ संचालनका बारेमा ब्यापक प्रचार गरि पत्रकारहरुले सहयोग गर्नुपर्ने बताउनु भयो ।
क्याम्पसको स्तरवृद्धि र शिक्षाको बिकास का लागी सवै एक भई महायज्ञ संचालन गर्न लागेको भन्दै सवै सरोकारवालाहरुको बलियो साथ सहयोग हुनुपर्ने क्याम्पस संचालक समितीका उपाध्यक्ष कासीराम आचार्यले बताउनु भयो ।कार्यक्रम क्याम्पस संचालक संमितीका अध्यक्ष कुमार केशब बेल्वासेको अध्यक्षता वाड अध्यक्ष चिन्ताराज अधिकारीको प्रमुख आथित्यता उपाध्यष कासीराम आचार्यको स्वागत र मिडिया संयोजक बिष्णु कुमार आलेको संचालनमा सम्पन्न भएको थियो । आगामी बैसाख १ गतेबाट सञ्चालन हुने महायज्ञको बिजय कृष्णमुर्ती जी महाराज बाट मुख्य कथाबाचन हुने छ ।