नेपाल कम्नियुष्ट पार्टि (नेकपा)कपिलवस्तु पश्चिमी क्षेत्रले शिवराज नगरपालिकाको चन्द्रौटामा आयोजना गरेको वर्तमान राष्ट्रिय संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न जनप्रतिनिधि ,व्यापारी , राजनितीक दल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम नेकपाका महासचिव विप्लवले कपिलवस्तुबासी भएको र पाटीको केन्द्रीय कार्यालय समेत रहेको जिल्ला भएकाेले पनि स्थानिय तह ,प्रदेस सरकार सँग समन्वय गरेर कपिलबस्तुमा बिकासका लाागि केन्द्रमा छलफल भइरहेको बताउनुभयाो । नेकपाले चन्द्रौटा क्षेत्रमा सिटिभिटी कक्षा सञ्चालनका लागि समेत विभिन्न तहका प्रयास गरिरहेको बताउनु भयो।
नेपाल कम्नियुष्ट पार्टि नेकपाका महासचिव नेत्र विक्रम सि विप्लवले नेपालको भविष्य समाजवाद वाट मात्र सम्भव भएको वताउनुभएको छ । समाजवाद उन्मुख नेपाल निर्माणको लागी राजनैतिक दलहरुविच सहकार्य आवश्यक रहेको महासचिव विप्लवले वताउनुभयो ।
नेपाल कम्नीयुष्ट पार्टि कपिलवस्तु पश्चिमी क्षेत्रले शिवराज नगरपालिकाको चन्द्रौटामा आयोजना गरेको वर्तमान राष्ट्रिय संकट र समाधान विषयक अन्तरक्रीया कार्यक्रमलाई संवोधन गर्दे महासचिव विप्लवले युवाहरुमा नेपालमा भविष्य नभएको सोचाई हावी भएर विदेश पलायन भईरहेकाले त्यसको रोकथामको लागी समाजवाद मोडलमा देश अगाडी वढनुपर्ने वताउनुभएको हो । देशमा व्यपार व्यवसाय गरिरहेका व्यवसायिहरुले आर्थिक संकट भोगीरहेकाले त्यसको समाधानको सरकार प्रतिवद्ध हुन आवश्यक रहेको वताउनुभएको छ ।
आर्थिक करिडोरको रुपमा रहेको चन्द्रौटा कृष्णनगरमा स्थापित उधोगहरु धमाधाम वन्द भईरहेकाले दिगो समाधानको लागी यसवारे प्रधानमन्त्री संग छलफल गर्ने वताउनुभएको छ ।
महासचिव विप्लवले जिल्लाको शिवगढीमा केवलकार निर्माणको विषयमा नंया मोडलले काम गर्नुपर्ने वताउनुभएको छ । जनताको सानो सानो रकम संकलनवाट केवलकार निर्माण गरी त्यसको लाभ जनताले पाउनेगरी केवलकार निर्माण गर्न सकिने वताउनुभएको हो । नेकपाले चन्द्रौटामा विभिन्न राजनैतिक दलका प्रतिनिधि , संघ संस्था र उधोगी व्यवसायिका प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी , शिवराज नगरपालिका नगरप्रमुख अजय थापा , व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल नेसपा केन्द्रीय सदस्य रहिस शाह , लोसपा केन्द्रीय सदस्य रविदत मिश्रा ,माओवादी केन्द्रका जिल्ला संयोजक बिष्णु बेल्बासे , नेपाली कांग्रेसका नगर सभापति मधुसुदन पोख्रेल , नेकपा एमालेका नगर अध्यक्ष जगत पौडेल , माओवादी केन्द्रका नगर कार्यवाहक अध्यक्ष चिन्ता परियार लगाएतले धारणा राखेका थिए ।