२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

सनातन गौ संरक्षण यूएईद्वारा रूपन्देही र कपिलवस्तुका विभिन्न गौशालाहरूमा सहयोग

सनातन गौ संरक्षण यूएईद्वारा रूपन्देही र कपिलवस्तुका विभिन्न गौशालाहरूमा सहयोग गरेका छन  । रूपन्देही जिल्लाको देवदह नगरपालिका-१० मा रहेको कामधेनु गौशालामा रू ५१,००० को अक्षयकोष स्थापना गरिएको छ। सनातन गौ संरक्षण अभियानको रोहोबरमा, यूएईमा बस्ने सनातन गौ संरक्षणकी प्रचार-प्रसार प्रमुख सुनिता पाठकले आफ्नो जन्मदिनको अवसरमा संकल्प गरेर गरेको हो।

<span;>साथै, देवदह-१०, भलुही निवासी सनातन गौ संरक्षण अभियानका सल्लाहकार तोयानाथ लम्सालले रू १०,१०० तथा देवदह-५ निवासी सनातन गौ संरक्षण यूएईका केन्द्रीय सदस्य टीकाराम क्षत्रीले रू ५,००० नगद सहयोग प्रदान गर्नुभएको थियो।

<span;>यस्तै, यूबराज भट्टराईको नेतृत्वमा सनातन गौ संरक्षण यूएईले रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा गौशालामा ३१,००० को अक्षयकोष स्थापना गरेको छ। साथै, कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको अनाथ गौशालामा ६०० किलो अन्नदान गरिएको छ।

<span;>गौशालाका प्रतिनिधिहरूले गौ संरक्षणका लागि प्रवासी नेपालीहरूले गरेको सहयोगप्रति आभार प्रकट गर्दै, यस प्रकारको सहयोगले गौ संरक्षणमा ठूलो मद्दत पुगेको बताएका छन्।

<span;>कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिँदै यूबराज भट्टराईले यूएईमा रहेका सनातन गौ संरक्षणका सदस्यहरूले गौशाला र गुरुकुल सञ्चालनमा गरेको योगदानको प्रशंसा गर्नुभयो।

<span;>कार्यक्रममा सुनिता पाठक, टीकाराम छेत्री, धन राज भुरतेल, सीता न्यौपाने, मेमा सुवेदी, प्रेम भण्डारी, चिन्तामणि न्यौपाने, तोयानाथ लम्साल लगायतको उपस्थिति थियो। संस्थाका अध्यक्ष सागर दाहाल र राहत कोषका संयोजक लक्ष्मी शर्माले पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?