शितगंगा नगरपालिकामा नगरस्तरीय महिला समूह गठन

शितगंगा नगरपालिकामा आज एक विशेष समारोहको आयोजना गर्दै नगरस्तरीय महिला समूहको गठन गरिएको छ। समारोहमा प्रमुख अतिथिको रूपमा नगरप्रमुख छबिलाल पौडेलले सम्बोधन गर्दै महिला समूहको गठनलाई स्वागत गर्नु भयो । उहाले भन्नु भयो “यो समूह महिलाका लागि एक नयाँ अवसर हो, जसले नगरपालिकामा महिला सशक्तिकरण र सामाजिक समावेशिता ल्याउनेछ। हामीले महिलाका विभिन्न समस्याहरूलाई सम्बोधन गर्दै उनीहरूको हक र अधिकारलाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छौँ।”

कार्यक्रममा नगर उपप्रमुख गीता भाटले महिलाहरूको सक्रिय सहभागिताले सामाजिक विकासमा ठूलो योगदान पुर्याउँने बिश्वास ब्यत्त गर्नु भयो । महिलासमूहले महिला अधिकार र सशक्तिकरणको लागि काम गर्नु पर्ने सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा महिलाहरूको सक्रिय सुनिश्चित गर्दै समूहलाई स्थानीय स्तरमा प्रभावकारी र सक्रिय बनाउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकउत अर्जुन शर्मा ,महिला शमखा प्रमुख रमा पाण्डे ,महिला समूह अर्घाखाँचीका संस्थापक अध्यक्ष खगिस्वरा बस्याल लगायतको उपस्थिती रहेको थियो ।नयाँ गठित महिला समूहको अध्यक्षको रूपमा कुमकुमारी खनाल शितगंगा ३ , उपाध्यक्षको रूपमा गिता भाट क्षेत्री शितगंगा  २, सचिवको रूपमा रिता पंथी, कोषाध्यक्षको रूपमा गता जिसी र सहसचिवको रूपमा रुपा अधिकारी चलगायत १४ सदस्यीय समिति गठन गरिएको छ छुट भएका वडाबाट थप समेटेर समितिलाई पुर्णता दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?