शितगंगा नगरपालिकाको शिक्षाशाखाको बार्षिक क्यालेण्डर बिमोचन बार्षिक गतिबिधी समाबेश

जेठ १ न्युजपाना
शितगंगा नगरपालिकाको शिक्षा शाखाको बार्षिक क्यालेण्डर बिमोचन गरिएको छ । शाखाले बार्षिक योजना सहितको बार्षिक क्यालेण्डर एक कार्यक्रमका बिच बिमोचन गरेको हो । २०८१ सालमा बिद्यालयमा हुने गतिबिधी ,बार्षिक रुपमा गरिने क्रियाकलाल बिद्यालय खुल्ने दिन ,पढाइ हुने दिन देखि बार्षिक रुपमा हुने शौक्षिक गतिबिधी क्यालेण्डरमा समाबेस गरिएको छ । एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड २ दिने तालिमको अबसरमा नगरपालिकाका अधिकांश बिद्यालयका शिक्षक प्रतिनिधीको उपस्थितमा क्यालेण्डर बिमोचन गरिएको शिक्षा शाखा प्रमुख बिनोद पोख्रेलले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख छबिलाल पौडेलले क्यालेण्डरमा गरिएको योजना अनुसार कार्य सम्पादन गर्न शाखालाई अनुरोध गर्नु भयो । गत बर्षहरुमा बिभिन्न बिद्यालयमा फरक फरक दिनमा बिद्यालय बिदा जस्ता समस्या देखिएकोले अब क्यालेण्डर अनुसार गतिबिधी हुनेमा आशाबादी रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?