सुपादेउराली सार्ने भ्रामिक समचारको समिति द्धारा खण्डन

सुपा देउराली सार्ने भ्रामक समचारको समिति द्धारा खण्डन
अर्घाखाँचीको प्रशिद्ध सुपादेउराली मन्दिर सार्ने भ्रामिक समचारको मन्दिर ब्यवस्थापन समितिले पत्रकार सम्मेलन गरि खण्डन गरेको छ । केही अनलाइनले गलत नियतले गलत स्रोतको प्रयोग गरि समाचार सम्प्रेषण र सम्बन्धित ब्यति सँग जानकारी नलिइ गलत प्रचारको समितिले खण्डन गरेको छ । प्रेस बिज्ञप्ति जारि गर्दै समितिका सचिव हरि खनालले मन्दिर जस्तो गरिमा जोडिएको बिषयमा यस्ता समचार बनाउनु पुर्व आधिकारिकता बुझ्न छाडेर भ्रम छरेको प्रति खेद प्रकट गर्नु भयो । यस्तै नेपाल पत्रकार महासंघ अर्घाखाँची का अध्यक्ष अशोक खनालले सञ्चार माध्यमलेनै आधिकारिकता नबुझि सुनेकै भरमा यस्ता समचार प्रकासन प्रशारण दुखत रहेको बताउनु भयो ।

यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चुरा बहादुर केसीले मन्दिरले गरेका सकारात्मक काम ओझेलमा पारी मन्दिरको आम्दानी र लोकपृयताको प्रति नकारात्मक रहेका केही ब्यति र संस्थाले गलत प्रचार गरिरहको बताउनु भयो ।
समितिका अध्यक्ष फर्स बहादुर केसीले मन्दिर कहि सार्ने भन्ने कुरा गलत भएको र आस्था सारेर नसर्ने बताउनु भयो साथै मन्दिरको नाममा अन्य स्थानमा समेत सुपा देउरालीका मन्दिर खोल्ने गरिएकोले अब देउराली मन्दिर खोल्न पाउने तर सुपा देउरालीको नाममा खोल्न रोकलगाउने बताउनु भयो । कसैको असुबिधाले मन्दिर सार्नेकुरा भ्रामक रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?