२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

शितगंगाका कर्मचारी आन्दोलित सेवा ठप्प

न्यूज पाना

संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीले पेन डाउन गरेका छन् । शितगंगा नगरपालिकाका कर्मचारी पनि यसको समर्थनमा आन्दोलनमा छन । कर्मचारीहरुले आन्दोलन जारी राख्दै पेन डाउन गरिएको शितगंगा नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले बताउनु भयो ।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राख्दै कर्मचारीले अन्दोलन गर्दै आएका छन् । संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको भन्दै काठमाडौको आन्दोलनमा समेत शितगंगाबाट सहभागी भएको खनालले बताउनु भयो ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषा भित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने, तिन तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने माग गर्दै देशैभरिका कर्मचारी अहिले आन्दोलित भएका छन ।
शितगंगमा आन्दोलनरत कर्मचारीले शितगंगा नगरपालिकाका प्रमुख प्रशमसकीय अधिकृत अर्जुन शर्मा, नगरप्रमुख छबिदाल पौडेल तथा सहायक प्रमुख पजल्ला अधिकारी मेधनाथ पाध्यलाई ज्ञापन पत्र बुझाएका छन । यस्तै कर्मचारी हरुले प्रहरीले आन्दोलनरत कर्मकारी प्रति गरेको दमनको समेत बिरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?