केदार बेल्बासे शितगंगा ३ ठाडा / देशकैठूलो नगरपालिका शीतगङ्गा नगरपालिका ठाडा अर्घाखाँचीमा जनसंख्या ३८३०१ क्षेत्रफल ७३०.११ व. मी भएता पनि घनाजंगल तथा महाभारत श्रृखला तथा चुरे श्रेणीका पहाडले हावापानी रमणीय छ । शीतगङ्गा वडा नं २ स्थित क्रसर खानी उद्योग संचालन प्रकृया एक अध्ययन प्रस्तुत गरिएको छ ।
खानी संचालन अनुमति पत्र मिति २०७६/०५/३० गते शीतगङ्गा नगरपालिकाले शीतगङ्गा मिनरल्स उद्योग प्रा ली शीनपा २ भुन्टेडाडा लाई दिएको देखिन्छ शीतगंगा मिनरल्स उद्योग प्रा.ली. भुन्टेडाडा शीनपा २ अर्घाखाँचीको उद्योग दर्ता देखि उद्योग बन्द हुंदाको प्रकृया लाई अध्ययन गर्दा प्राकृतिक श्रोत साधन दोहन गरि राजस्व छल गरि गैरकानुनी रुपकोधन्दा क्रमस यस्तो रह्यो ।
२०७५/०६/१० मा नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय रजिस्ट्रार को कार्यालय काठमाण्डुमा द नं १९९६४१ /०७५/०७६ मा उद्योग दर्ता गरेको देखिन्छ । स्थायी लेखा नं ६०६५८३१५२ ब्यबसाय कारोवार हरु ढुङ्गा माटो तथा बालुवा उत्खनन रोडा ढुङ्गा उत्पादन तथा तत सम्बन्धि कारोवार विविध प्रकारको ठेक्का पट्टागर्नेे स्था. ले. नं.मा उल्लेख गरेको देखिन्छ ।
२०७५÷१२÷१७ गते घरेलु साना उद्योग विकास समिति शाखा कार्यालय अर्घाखाँची उ. द. प्र. प. नं.२४३३/ २०७५/०७६ दर्ता उल्लेख छ । उद्योग को उदेश्य माटो ढुङ्गा उत्खनन गरि, गिट्टी बालुवा उत्पादन गर्ने २०७५/१०/२० मा प्रारम्भिक बाताबरणिय परिक्षण प्रतिवेदन बाणगंगा सब डिभिजन वनकार्यालय शीतगङ्गा नपा १२ डोहोटे का कर्मचारी जितेन्द्र सिहखड्काको प्रतिवेदनमा उद्योग रहने स्थान चुरे श्रेणी को वन क्षेत्र भित्र रहेको उल्लेख ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरले दुरी एकिन प्रतिवेदमा चुरे श्रेणीको वनक्षेत्रबाट १ किमि भित्रै रहेको भनी दुरी एकिन गरी पठाएको च नं ११९९ मिति २०७५/१०/२१ को पत्र छ । शीतगङ्गा मिनरल्स उद्योग प्राली शीनपा २ ले २०७६ २/३ मा ढुङ्गा ,गिट्टी ,बालुवा उत्खनन् गर्न पाउ भन्ने शीतगंगा नगरपालिकामा निवेदन दिएको छ। उद्योग संचालन गर्ने स्थान GPS २७°५२´२३´´ उत्तरी अक्षांश र ८३°८´२५.७२´´ पूर्वी देशान्तर अबस्थित भनी उल्लेख गरेको छ ।
मिति २०७६/४/२१ गते च नं ४६ को पत्र बाट शीतगङ्गा नगरपालिकाले लुम्बिनी प्रदेश उद्योग , पर्यटन वन तथा बाताबरण मन्त्रालय संग नदीजन्य पदार्थ बाट नभै ढुङ्गा गिट्टी खानी बाट उत्खनन गरि क्रेसर उद्योग संचालन गरेको हो भनि राय माग पत्र छ ।
प्रदेश मन्त्रालयले नदीजन्य पदार्थको परिभाषा नदीजन्य पदार्थब्यबस्थापन कार्यविधि २०७५ परिच्छेद १ दफा २ ब्याख्या रहेको देखिन्छ , अनुमति दिने र नदिने कार्य क्षेत्र अधिकार सोही नपा रहेको ब्यहोरा आदेशअनुसार अनुरोध छ भनी पत्राचार भएको देखिन्छ ।
२०७६ भदौ २३ मा सर्वपक्षीय सर्वदलीय भेलाले निर्णय नं ७ मा संघीय सरकार ,प्र स तथा स्थानिय सरकारको कानुनको पूर्णरुपमा पालन गर्नु पर्ने र १४ नं मा आज बसेको सर्वपक्षीय ,दलिय तथा स्थानिय सरोकारवाला हरुको उपस्थिति मा नदिजन्य पदार्थ ब्यबस्थापन कार्यविधि २०७५ मा भयको ब्यबस्था बमोजिम शीतगङ्गा मिनरल्स उद्योग प्रालि लाई क्रेसर उद्योग संचालनका लागिअनुमति दिन नपा लाई सिफारिस गर्ने निर्णय गरियो ।
मिति २०७६/५/३० गतेको कार्यपालिकाको बैठकको निर्णय नं १ बाट शीतगङ्गा मिनरल्स उद्योग लाई नदीजन्य पदार्थ ब्यबस्थापन कार्यविधि २०७५ को परिच्छेद २ को ३ बमोजिम अनुमति दिने निर्णयगर्दा उद्योगी बाट प्रतिबद्धता पत्र लिएर दिने निर्णय गरेको देखिन्छ ।अनुमति दिंदा नदीजन्य पदार्थबाट संचालित उद्योग होईन के गर्ने भनी आफै नपाले प्रदेशमा राय माग हुंदा कार्यविधिमा नै स्पष्ट छ के गर्नु हुने हो ÷ होईन भनी पत्राचार गरेको देखिन्छ ।
मिति २०७८/११/१८ च नं १५७ को जिल्ला समन्वय समितिको पत्रबाट खानी विभागबाट राय र सहमति र अनुमति लिएको नदेखिएकाले हाललाई शीतगङ्गा मिनरल्स उद्योग प्रालि भुन्टेडाडा लाई खानी विभागबाट अनुमतिलिएर मात्रै सुचारु गराउनु भनि शीतगङ्गा नपालाई बैठकको निर्णय गरेको छ ।
च नं २४५३ मिति २०७९ /३/ ३१ शीतगङ्गा न पा को खानी संचालन अनुमति लिने सम्बन्धमा भनि शीतगङ्गा मिनरल्स उद्योगलाई खानी विभागबाट अनुमति लिएर खानी संचालन गर्नुहुन भनी जानकारी गराएको पत्र नगरमा छ ।
च नं ६८६ मिति २०७९/८/२८शीतगङ्गा नपाले ,शीतगङ्गा मिनरल्स उद्योग प्राली लाई उत्खनन कार्य तत्काल बन्द गर्ने सम्बन्धमा खानीबिभाग बाट अनुमति लिएर मात्रै खानी सञ्चालन गर्नु ,उत्खनन कार्य पुर्ण रुपमा बन्द गर्नुहुन निर्देशन गरिन्छ भनी उद्योग लाई पत्राचार भएको छ ।
शीतगङ्गा नपालाई , खानी तथा भूगर्भ विभागको च नं २०८१ मिति २०७९/११/१६ को पत्र खानी तथा भूगर्भ विभागको राय र प्रतिक्रिया सम्बन्धमा । स्थानीय सरकार संचालन ऐन ,२०७४ को नियमावली बनीनसकेकोले हाललाई प्रचलितखानि तथा खनिजपदार्थ ऐन २०४२ तथा खानी तथा खनिज पदार्थ नियमावली ,२०५६ बमोजिम मिति २०७४/११/२२ को सचिव स्तरीय निर्णय अनुसार प्रचलित खानी तथा खनिज पदार्थ नियमावली २०५६ को ब्यबस्था समेत का आधारमा बिभागले उत्खनन् सहमति समेत प्रदान गर्दै आईरहेको छ ।
यस प्रकार प्रदेश सरकारबाट जारी भएको नदीजन्य पदार्थ ब्यबस्थापन कार्यविधि २०७५ लाई आधार मानि अनुमति जारी गरेको तर बिद्यमान खानी तथा खनिज पदार्थ संग सम्बन्धित ऐन कानुन एबं निर्देशनहरु बमोजिम प्रकृया नपु¥याइ उ नदीजन्य बाहेकको खानीजन्य खनिजको खनिज कार्य खानी संचालनको अनुमति जारी भएको देखियकोले भन्दै बन्द गर्न भनिएको छ ।
मिति २०७९/११/९ मा नगर प्रमुखलाई प्रमुख प्रशासकीय अधिकृतले दिएको राय प्रतिबेदनमा अन्तिमबुदामा ऐनको नियमावली बनिनसकेको अबस्थामा खानी तथा खनिज पदार्थ ऐन २०४२ र खानी तथा खनिज पदार्थ नियमावली २०५६ को प्राबधान अनुरुप खानी तथा भूगरभ विभागबाट सहमति लिई उतखन्न अनुमति पत्र जारी गर्न सकिने देखिन्छ ।
तत्कालीन समयमा यस कार्यलयबाट मिति २०७६र०५र३० मा लुम्बिनी प्रदेश बाट जारी भयको नदीजन्य पदार्थ ब्यबस्थापन कार्यविधि , २०७५ र नगरपालिका को बैठकको निर्णयबाट खानी सञ्चालन अनुमतिपत्र जारी भएकोमा , सो को नियमन प्रचलित खानी तथा खनिज पदार्थ ऐन २०४२ र खानी तथा खनिज पदार्थ नियमावली २०५६ को प्राबधान अनुरुप हुनुपर्नेमा नभएको भनी हाल उक्त शीतगङ्गा मिनरल्स उद्योग लाई खानी उत्खनन गर्ने कार्यमा रोक समेत लगाईएको ब्यहोरा भनी राय दिइएको छ ।
यसरी २०७६/५/३० गते खानी उत्खनन् अनुमतिपत्र दिईएको थियो भने २०८०/२/८ गते च नं २०५६ पत्र बाट शीतगङ्गा नगरपालिकाले भुन्टेडाडामा अबस्थित शीतगङ्गा मिनरल्स उद्योग प्रा ली खानी उत्खनन कार्य तत्काल बन्द गर्ने भनि पत्राचार गरेको छ । यसरी सुरु भई १३४३ दिन प्राकृतिक श्रोत साधन अनियमितता पूर्वक दोहन गरेर राज्यलाई पुरायको नोक्सानी विभिन्न शिर्षक राजस्व शुल्क रोयल्टी खै यस्मा दोषी उम्कन नपाओस सम्बन्धित निकाय तथा ब्यक्तिबाट सु स्पस्ट कार्य हेर्न नागरिक समाज लालयत छ । नगरपालिकाले नदिजन्य बस्तुको ब्यतिको जग्गामा समेत रोयल्टी लिने गरेको छ तर क्रसरको बिक्री बापतको मात्र राजस्व लिने गरेको छ नगरपालिकाले क्रसर सञ्चालन गर्नु अघि उत्खनन्नको समेत नाप गरि राजश्व लिएर मात्र सञ्चालन अनुमति दिनु पर्छ ।
लेखकले लेखमा प्रयोग गरेका स्रोत सामाग्री प्रमाण न्युज पाना डटकम सँग सुरक्षित रहेका छन ।
न्युज पाना न्युज डेक्स