२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

सुधार हुँदै सुपा देउरालीको ब्यवस्थापन

सुपा देउराली मन्दिर ब्यवस्थापन समिति परिर्वतन भएको एक बर्ष भन्दा बढी भएको छ । बिगत लामो समय देखि एकै समितिहरुले ब्यवस्थापन समिति सञ्चालन गर्दै आएकोमा अघिल्लो साधारण सभाबाट समिति परिर्वतन गरिएको थियो ।
सुपा देउराली मन्दिर अहिले लुम्बिनी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तब्य हो यँहा दैनिक हजारौ प्रर्यटकहरु आउने गर्दछन भने लाखौ नगद भेट संकलन हुने गरेको छ । आर्थिक रुपमा पार्दशी हुन नसकेको आरोप मन्दिरमा लाग्ने गरेको थियो ।

फर्श बहादुर केसी अध्यक्ष तथा हरि खनाल सचिव सहितको ब्यवस्थापन समिति निर्वाचित भएकै दिन सुपादेउरालीमा लाग्ने गरेको अनियमिताको दाग हटाउने मुख्य लक्ष्य रहेको बताएका थिए । सुपा देउराली मन्दिरमा सन्धिर्खक नगरपालिकाको वडा नम्बर ७ र शितगंगा नगरपालिकाको वडा नम्बर २ बाट समिति गठन हुने गरेको छ ।

सामान्य ढुंगामा पुजा गर्दै अहिलेको यो अवस्थामा आउनुमा यहाँका अग्रजहरुको भुमिका उल्लेखनिय रहेको छ तर समय परिर्वतनशिल छ ब्यवस्थापन समेत समय अनुसार परिर्वतन हुँदै मन्दिरलाइ आधुनिक बनाउनु पर्ने भन्दै युवाहरुको नेत्तृत्व जरुरी रहेको भन्दै समितिमा रहेर कामगर्ने उदेश्यले समितिमा बसेर काम गर्न थालेको सचिव हरि खनालको भनाइ छ ।

नयाँ समितीले एक बर्ष गरेका उल्लेखनिय काम हरुमा यहाँ रहेका अब्यवस्थित सडक निमार्ण पनि हो शितगंगा क्षेत्रमा रहेको सडक जिर्ण हुँदा आवतजावतमै समस्या रहेकोमा नँया समित गठन भए पछि सचिव खनालले पहिलो एजेन्डा सडक मर्मत रहने भन्दै सम्बन्धित निकायमा खबरदारी गरि निमार्ण काम सुरु भएको छ अब केही भाग मात्र सडक निमार्ण हुन बाँकी छ यो बर्ष सम्ममा यो सडक पनि पुरा हुने समितिको भनाइ छ ।

अब्यवस्थित बिजुली तार तथा पोल ब्यवस्थापन भएका छन मन्दिरको छेउमै रहेका बिजुलीका तारका कारण दैनिक दर्जनौ परेवाहरु समेत करेन्ट लागेर मर्ने गरेका कारण बषौृ देखि समस्याको रुपमा रहेका बिजुलीको तार तथा पोलको ब्यवस्थापन भइ सकेको छ अहिले अन्य स्थानबाट बिजुलीको तार ब्यवस्थापन भएको छ ।

सिसिटिभिको निग्रानी सुरु भएको छ सुपा देउराली मन्दिरमा रहेको हरेक गतिबिधी अहिले सिसिटिभिको निग्रानीमा रहेको छ । यस अघि जडान भए पनि केही दिन मात्र सञ्चालन गरिएको थियो अहिले हरेक गतिबिधी निग्रानी गरिएको छ ।
सुनमा पार्दशिता बढाउन समितिले अहिले प्रमुख जिल्ला अधिकारी दुबै स्थानिय तहका नगरप्रमुखको उपस्थितमा सुन तौल गर्ने मेसिन खरिद गरेको छ ।

जम्मा भएको सुन समिति तथा प्रहरीको निग्राानीमा तौल गरि जम्मा गरिन्छ समितिले गएको एक बर्षमा यस अघिको १८ बर्षमा संकलन भएको भन्दा बढी सुन संकलन गरि सकेको ब्यवस्थापन समितिका सचिव खनालको भनाइ छ भत्तजनबाट संकलन भएको सुन अहिले बैकको लकरमा राख्न सुरु गरिएको छ ।

फोहोर ब्यवस्थापन लाइ समेत अहिले ब्यवस्थित गरिएको छ बजारमा जम्मा हुने फोहोर संकलन गरि प्रत्येक २ दिनमा ब्यवस्थापन हुने गरेको छ ।मन्दिर भित्रका हरेक आर्थिक कृयाकलापहरुलाइ ब्यवस्थापन गर्न मन्दिरमा अहिले लेखापालको नियुत्ती गरिएको छ । मन्दिरमा हुने सबै प्रकारका आर्थिक कृयाकलाप ब्यवस्थापन गर्न र बली चड्ने शुल्क , परेवा उडान शुल्क लगायतका सबै अभिलेख अनलाइनमै ब्यवस्थापन गरि हरेक दिनको आर्थिक कृयाकलाप पार्दशिता गराउने उदेश्यले लेखापालको ब्यवस्था गरिएको छ ।

उपसमितिहरु खारेज भएका छन यस अघि सुपा देउरालीको आर्थिक हिसाव ३ समिती मार्फत हुने गरेका थिए संकलन भएको भेटी मुल समितिमा ५० प्रतिशत र शितगंगा उपसमिति र सन्धिखर्क उपसमितिमा २५।२५ प्रतिशत हुने गरेकोमा अहिले उपसमिति हटाएर एकै समिति मार्फत कारोबार गरिएको छ ।सुपादेउराली मन्दिरले संकलन रकम बिभिन्न सामाजिक क्षेत्रमा खर्च समेत गर्छ बिभिन्न बिद्यालयमा शिक्षकहरु लाई तलव ,स्वास्थ संस्थालाई कर्मचारी खर्च, बिभिन्न सडक निमार्ण जस्ता क्षेत्रमा रकम खर्च गर्ने गरेको छ।

२०४२ सालदेखि मन्दिर निमार्ण गरि पुजा गर्न थालिएको भए पनि यँहा परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा रहेको अग्रजहरु बताउछन सुपा देउरालीमा भाकल गरेपछि मनोकाँक्षा पूरा हुने बिश्वास रहेको छ । सुपा देउराली आउने भत्तजनहरुका लागि अहिले पार्किङ मुख्य समस्या रहेको छ पार्किङका लागि बिभिन्न स्थानमा कामगर्ने तयारी भए पनि अहिले सम्म काम सुरु भएको छैन अहिले सडक छेउमै सवारीहरु पार्किङ गर्न बाध्यता छ जस्ले गर्दा मुख्य दिनहरुमा घन्टौ सडक जाम हुने गरेको छ ।

यसको समस्या समाधानको प्रयास भइरहेको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चुरा बहादुर केसीको भनाइ छ । मन्दिर क्षेत्रमा अहिले धर्मशाला निमार्णको डिपिआर तयार भइ अब काम सुरु हुन्दै छ मन्दिर क्षेत्रमा रहेका अन्य धार्मिक तथा प्रर्यटकिय क्षेत्रको प्रचार प्रसार र प्रर्यटक पुराउने गरि सुपा देउराली वृहत गुरु योजना तयार हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (86%)
  • अचम्मित (14%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?