८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

डोहोटेमा अस्थायी प्रहरी पोस्ट स्थापना

अराज बेल्बासे चैत ४ अर्घाखाँची
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १२, डोहोटेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ। शितगंगा नगरपालिका वडा नम्बर १२, ११ तथा १३ कार्यक्षेत्र रहने गरि प्रहरी पोस्टको स्थापना गरिइको हो । उत्त प्रहरी पोस्टमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा छ जना प्रहरी खटाइनेछ ।

प्रहरी पोस्ट स्थापनासँगै गाउँमा हुने झैझगडा, सवारी दुर्घटना, हिंसा, चोरीलगायतका अपराध नियन्त्रण हुने अपेक्षा गरिएको शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले बताउनुभयो। यस प्रहरी पोस्टले स्थानीय बासिन्दालाई छिटो, छरितो र प्रभावकारी सुरक्षा सेवा प्रदान गर्ने अपेक्षा रहेको नगर उपप्रमुख गीता भाटले बताउनु भयो । यसअघि इलाका प्रहरी कार्यालय ठाडाबाट सेवा लिन निकै कठिनाइ भोग्नु परिरहेको अवस्थामा, स्थानीयको मागअनुसार जिल्ला सुरक्षा समितिले प्रहरी पोस्ट स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी गराउनुभयो।

प्रहरी पोस्टको उद्घाटन एक विशेष कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र नगर प्रमुख छबिलाल पौडेलले गर्नुभयो। उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले प्रहरी नागरिककै सुरक्षाका लागि खटिने भएकाले आवश्यक सहयोगका लागि स्थानीयलाई आग्रह गर्नुभयो। उहाँले प्रहरी र नागरिकबीचको समन्वयलाई बलियो बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नगर उपमेयर गीता भाट, मेयर छबिलाल पौडेल , पत्रकार महासंघका अध्यक्ष गणेश खनाल बिभिन्न वडाका जनप्रतिनिधी जिल्ला स्थित सुरक्षा निकायमा प्रमुखहरु लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा जनताले प्रशासनिक सेवा लिन जिल्ला पुग्नुपर्ने बाध्यता रहेको भन्दै इलाका प्रशासन कार्यालयको माग समेत गरिएको थियो। प्रमुख जिल्ला अधिकारीले जनताको आवश्यकताअनुसार निर्णय गरी गृह मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी गराउनुभयो।
नगर प्रमुख पौडेलले शितगंगा नगरपालिका भौगोलिक रूपमा ठूलो क्षेत्र ओगटेकोले यहाँ इलाका प्रशासन कार्यालयको आवश्यकता रहेको बताउनुभयो।

उहाँका अनुसार जनताले प्रशासनिक सेवा सहज रूपमा पाउनुपर्ने भएकाले यस विषयमा निरन्तर पहल गरिनेछ।जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले प्रहरी पोस्ट स्थापनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उत्कृष्ट प्रहरीहरूलाई सम्मान गर्नुभयो। उहाँले प्रहरी पोस्टले स्थानीय अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय बासिन्दाले पनि प्रहरी पोस्ट स्थापनाले शान्ति सुरक्षामा टेवा पुग्ने आशा व्यक्त गरेका छन्।

यस प्रहरी पोस्ट स्थापनापछि अपराध न्यूनीकरण र शान्ति सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ। स्थानीय अगुवा तथा समाजसेवीहरूले पनि प्रहरी पोस्ट स्थापनाको स्वागत गरेका छन्। कार्यक्रम इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दको सञ्चालनमा सम्पन्न भएको थियो।

https://www.facebook.com/share/p/15qR13FgLy/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?