अर्घाखाँचीमा एमालेको अपिल : युवालाई पार्टी र समाज परिवर्तनमा सक्रिय सहभागिताको आह्वान

अर्घाखाँचीमा एमालेको अपिल : युवालाई पार्टी र समाज परिवर्तनमा सक्रिय सहभागिताको आह्वान
अर्घाखाँची, भदौ २५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँची जिल्ला कमिटीले वर्तमान राजनीतिक परिस्थितिमा युवाहरूको भूमिकालाई केन्द्रीय बनाउँदै पार्टी र समाज निर्माणमा सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।
जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा हाल देश गम्भीर राष्ट्रिय राजनीतिक मोडमा रहेको उल्लेख गर्दै जनजीवनलाई सहज बनाउन युवाहरूको संगठित योगदान अपरिहार्य रहेको बताएका छन् । उनले विशेष गरी Gen-Z पुस्ता मुलुकको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा निर्णायक भूमिकामा रहनुपर्ने आवश्यकता औंल्याएका छन् ।
विज्ञप्तिमा अर्घाखाँचीका युवा, विद्यार्थी, श्रमिक, किसानलगायतलाई एमाले पार्टीमा संगठित भई आ–आफ्नो गाउँ, टोल र वडामा जनसंगठन विस्तारमा सक्रिय हुन आह्वान गरिएको छ । साथै, भ्रष्टाचार, बेरोजगारी, विदेशी निर्भरता, शिक्षा र स्वास्थ्य क्षेत्रका विकृति विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिइएको छ ।
अध्यक्ष भुसालद्वारा जारी विज्ञप्तिमा हालै उत्पन्न भएका घटनाहरूलाई संवेदनशील रूपमा लिँदै पार्टीभित्र ऐक्यबद्धता, अनुशासन र संगठन विस्तारलाई अझ मजबुत बनाउनुपर्ने निष्कर्ष समेत निकालिएको छ । विज्ञप्तिमा भनिएको छ, “युवाले आफ्नो भविष्य आफैं बनाउने हो, मुलुकलाई स्थायित्व र विकासतर्फ लैजान सामूहिक योगदान दिनुपर्छ।”
जिल्ला कमिटीले पार्टीका सबै संरचना, जनसंगठन र जनसमुदायलाई एकताबद्ध रहन आग्रह गर्दै आगामी दिनमा हुने सम्भावित चुनौतीलाई सामूहिक बलले सामना गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?