प्रहरीले १६ वर्षमै पेन्सन पाउने

प्रहरीलाई १६ वर्षको जागिर अवधिमै सरकारले पेन्सन दिने नीति अघि बढाएको छ। मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो विषय समावेश छ।नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ, ‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ।’सेवानिवृत्त हुने अवधि पुनरावलोकनको अर्थ १६ वर्षमै पेन्सनको सुविधा रहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए। हाल यस्तो अवधि न्यूनतम २० वर्ष छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा १६ वर्षमै पेन्सन सुविधा दिन माग हुँदै आएको छ। दुवै प्रहरीको ऐन संशोधन गरी यस्तो व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानको सचिवालयका अनुसार न्यूनतम पेन्सन अवधि घटाउन कानुन संशोधन प्रक्रिया अघि बढिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?