२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार

चन्द्रौटा बजार अतिक्रमण सडकमा डाेजर सहित जनप्रतिनिधि

न्युज पाना चन्द्रौटा / शिवराज नगरपालिकाको मुख्य बजार क्षेत्र चन्द्रौटा बजारमा सडक क्षेत्रमा अब्यवस्थित पार्किङ  तथा सडक अतिक्रमण हटाउन नगरपालिकाले सुरु गरेको छ । पहिलो पटक नगरपालिकाका मेयर अजय थापा ,वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र बेल्बासे लगायत उपस्थिति भएर अतिक्रमण क्षेत्र खाली गराएका हुन । केही स्थानमा डाेजर समेत चलाएर ठाउँ खाली गरिएको हो ।


केही दिन अघि मात्र चन्द्रौटामा सरुवाभइ आउनु भएका ट्राफिक प्रहरी नायक निरिक्षक दामाेदर मल्ल सडक अतिक्रमण हटाउन सकियता  देखाए पछि  चन्द्राेैटा बजारकाे अस्तब्यस्त पार्किङ लाई ब्यवस्थापनकाे प्रयास गरि सफा ,सभ्य ,सुरक्षित तरिकाले यात्रा गर्न,व्यवसाय गर्न र बजार सुन्दरिकरण गर्ने प्रयास सुरु भएको छ ।जनप्रतिनिधि  र प्रहरीको यो सक्रियताको स्थानियले प्रशंसा गरेका छन ।


स्थानियहरुले सडकको सौन्दरिकणका लागि यो कामलाइ निरन्तरता दिन र पछि नहट्न ब्यापारीले समेत अनुरोध गरेका छन ।
पहेलो लाइन भित्र सवारीसधानको संकेत हेरी सवारी साधन राख्न नगरपालिकाले अनुरोध  गरेकोले सोही बमोजिम गर्न नगर प्रमुख थापाले सार्वजनिक अपिल गर्नु भएको छ ।

वडा अध्यक्ष नेत्र बेल्बासेले शिवराज नगरपालिका वडा न.५ चन्द्रौटा  बजार मा अव्यवस्थित  पार्किङ र सडक मा रहेको  खाडल  लाई ब्यबस्थित गर्न  सुरु गरिएको   र यसलाइ निरन्तरता  दिने बेल्बासेले बताउनु भयो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?