२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

शितगंगा महोत्सव सुरु

अराज बेल्बासे माघ १२ शितगंगा
लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात ब्यवस्था मन्त्री सरोज थापा ( रोज राणा)ले शितगंगा सहित जिल्लाकै बिकासमा मन्त्रालयबाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताउनु भएको छ । शितगंगा उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालन भएको तेस्रो शितगंगा महोत्सवको उद्धघाटन गर्दै मन्त्री थापाले प्रदेश सरकारले २ लाख नागरिक रोजगार योजना ल्याएकोले यस क्षेत्रमा समेत सम्भावनाका उद्योग सञ्चालन भएमा मन्त्रालयमा आएमा सहयोगका लागि तयार रहेको बताउनु भयो ।
साथै युवालाई स्वदेशमा रोक्न सक्ने योजना सहित आएमा आपसी छलफल गर्न तयार रहेको बताउनु भयो ।

पढ्दै सिक्दै कार्यक्रम मन्त्रालयले कार्यक्रम सञ्चालन गरेकोले त्यस्तो सम्भावना भएका बिद्यालयले मन्त्रालयमा बजेट रहेकोले योजना पेस गर्न अनुरोध गर्नु भयो । बिभिन्न स्थानमा भएका महोत्सव आम्दानीमा मात्र केन्द्रित हुने भएकोले उद्योग बाणिज्य संघ जस्ता सस्थाले स्थानिय ब्यापारमा समेत प्रभाव पर्ने र आम्दानी सँग जोडिने गरि महोत्सव सञ्चालन गर्नु पर्ने बताउनु भयो । अर्घाखाँचीका यातायात ब्यावसायी हरुले यातायात ब्यवस्था कार्यालयको माग गर्नु भएको स्मरण गर्दै सके ट्रायर समेत हुने गरि अन्यथा अन्य काम हुने गरी ब्यवस्थापन गर्न कोसिस भइरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेर अलि मियाँले अर्घाखाँचीको ब्यापार विस्तारमा समेत आफ्नो योगदान रहेको बताउदै ब्यावसायीक रुपमा जिल्लाले राम्रो प्रगती गर्न सफल भएको बताउदै अर्घाखाँचीबाटै आफुले ब्यावासाय सुरु गरेर अहिले बिभिन्न क्षेत्रमा ब्यावसाय सञ्चालन गर्न सक्ने बनेको बताउनु भयो । सरकारले उद्योग बाणिज्य संघ सँग सहकार्य गरेर स्थानिय तहहरुले राजस्व परामर्शमा समेत प्रतिनिधी सहभागी गराएर ब्यावासाय मैत्री कानुन निर्माण र सहजताका लागि सहयोग गर्न अनुरोध गर्नु भयो ।

यस्तै नगर प्रमुख छबिलाल पौडेलले महोत्सवको सफलताको कामना गर्दै नगरपालिकाले महोत्सव सफल गर्ने सहयोग गर्ने बताउदै स्थानिय स्टलहरुलाई महोत्सवमा प्राथमिकता दिन अनुरोध गर्नु भयो । कार्यक्रममा शितगंगा नगरपालिकाका उपमेयर गिता भाट, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, नेपाल पत्रकार महासंघमा सहसचिव ह्दय भुसाल, नेकपा यसका जिल्ला अध्यक्ष राम बहादुर चौहान लगायतले शुभकामना ब्यत्त गर्नु भएको थियो । शितगंगा उद्योग बाणिज्य संघले शितगंगा २ शितापुरमा तेस्रो सितगंगा महोत्सव सञ्चालन गर्न लागेको छ महोत्सवको ७० प्रतिशत काम सम्पनन भएको छ । बाँकी काम आज सकिने आयोजकले जनाएको छ ।
https://www.facebook.com/photo?fbid=122148829322033839&set=pcb.122148831452033839

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (75%)
  • आक्रोशित (25%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?