३० पुस २०८२, बुधबार
३० पुस २०८२, बुधबार

विपन्न दलित समुदाय समुदाय संग जनप्रतिनिधी अन्तक्रिया कार्यक्रम सम्पन्न

विक्रम आचार्य शितगंगा /अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं . ६ मा आबाज विहिन समुदाय संग उपमेयर कार्यक्रम अन्तरगत विपन्न तथा दलित समुदाय संग अन्तरक्रिया कार्यक्रम शितगंगा नगरपालिका का नगर प्रमुख छविलाल पौडेलको प्रमुख आथिथ्यता वडा अध्यक्ष ऋषि रेश्मीको विशिष्ठ आथिथ्यता वडा सदस्य सूर्य सारु ,कुशुम थापा , राजनितिक दलका प्रतिनिधीको विशेष आथिथ्यता साथै दलित समुदायका अगुवा तथा सहभागी दलित समुदायको उपस्थिती मा कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सागर परियारले यस्ता कार्यक्रम गाउँ टोलसम्म पुऱ्याउनु पर्ने साथै सामाजिक सुरक्षा भत्ता वडा वाट नै जेष्ठ नागरिकलाई वितरण गर्न सुझाव दिनु भयो यस्तै टिका बहादुर वादिले हामि अल्प सङ्ख्यक बादि समुदायको आवाश कहिले बन्छ ? भनि प्रश्न गर्नु भयको थियो ।
सहभागि कुमारी नेपालीले हाम्रा नानी बाबुलाई कम्प्यूटर तालिमको आवश्यकता रहेकोले त्यसको नगरले व्यावस्था गर्न आग्रह गर्नु भयको थियो ।
कायक्रममा बोल्दै विशिष्ठ अथिती तथा वडा अध्यक्ष्य ऋषि रेश्मीले आएका गुनाशा तथा सुझाव महत्वपूर्ण रहेको र सामाजिक सुरक्षा भत्ता वडा वाट वितरण गर्न सुरक्षा चुनौती रहेकोले प्रहरी चौकी र बैङ्कको स्थापनाको लागि आफुले पहल गरेको र सुझावलाई मनन गर्दै थप कार्ययोजना बनाउने बताउनु भयो ।

प्रमुख अथिती नगर प्रमुख छविलाल पौडेलले सहभागि वाट उठेका सुझाव तथा समस्याको विषयमा नगरको ध्यानाकर्षण भएको र आवश्यक स्थान छनौट गरि कम्पूटर तालिम को ब्यावस्था तत्काल गर्ने ग्रुप बनेर आएर यो सिपमुलक तालिम हामि गर्छौ यसबाट हामी जिविको पार्जन गर्न सक्छौ भनी आधार सहित आएमा त्यसमा कुनै कसर नराखी नगर कार्यव्ययन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रम शितगंगा नगरपालिकाको सहयोग कमलपोखरी युवा क्लवको व्यावस्थापनमा सम्पन्न भएको थियो ।

कार्यक्रम कमलपोखरी युवा क्लवका अध्यक्ष सचिन बोहोराको अध्यक्षता रेडियो शितगंगाका स्टेशन म्यानेजर अराज बेल्वासेको स्वागत मन्तव्य तथा न्युज पाना डटकमका प्रतिनिधी विक्रम आचार्यको संचालनमा शितगंगा ६ देउराली वडा कार्यलयमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

सितगंगा नगरपालिका नगरसभाको १८औँ अधिवेशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?