आज अर्घाखाँची अस्पतालमा नयाँ अस्पताल बिकास समिति अध्यक्ष लिलाधर बस्यालले एक भब्य कार्यक्रम बिच अाज पदभार ग्रहण गर्नु भएकाे छ । उक्त कार्यक्रमा बाेल्दैउहाँले अर्घाखाँची अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउन आफ्नो पहल रहने बताए । ‘विशेषज्ञ चिकित्सकबिना अस्पतालको विश्वसनिता बढाउन सकिदैन,उनले भने,‘एक/दुई जना भएपनि विशेषज्ञ डाक्टरहरु ल्याउन मेरो पहल रहने छ ।’ पहिलेको अवस्था भन्दा धेरै राम्रो र भरपर्दो रुपले अस्पतालका सेवाहरु प्रवाह भईरहेको भन्दै अध्यक्ष बस्यालले सबै मिलेर यसको भौतीक र सेवा विकास गर्नुपर्ने बताए
पदभार तथा स्वागत कार्यक्रममा अस्पतालका मेसु डा. जगन्नाथ तिवारीले धेरै कुराहरु अहिले परिवर्तन भईसकेको भन्दै अस्पतालले ५० शैयाको स्विकृती पाएको तर त्यो अनुसारको दरबन्दी कायम हुन नसकेको भन्दै । आफुहरुले अहिले पनि ६१ वटा बेड राखेर सेवा दिईरहेको भन्दै उनले विशेषज्ञ चिकित्सक नहुँदा सेवा विस्तार गर्न नसकिएको बताए । ‘हामीले यहाँ सक्दो सेवा दिईरहेका छौं,उनले भने,‘विशेषज्ञ डाक्टरहरु हुने हो भने अझ राम्रोसंग सेवा प्रवाह हुने थियो ।’ अस्पतालमा धेरै सेवाहरु अहिले थप भएको उनको भनाई छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, नेपाली काग्रेश पदेश सदस्य शान्ता भन्डारी नेपाल प्रेस युनियनका प्रदेश सचिव सुर्य भुसाल नेपाल पत्रकार महासंघ सदस्य लक्ष्मण धिमिरे अशाेक चाैहान लगायतले मन्तव्य राख्दै अस्पतालको सर्वाङ्गीण विकासमा सबैले हातेमालो गर्नुपर्ने बताए । अस्पतालको विकासका लागी सबैले आआफ्नो स्थानबाट पहल गर्नुपर्ने उनिहरुको धारणा थियो ।
नवनियुक्त अध्यक्ष बस्यालले अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरि आफ्नो पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा अस्पतालका सम्पुर्ण कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम अस्पताल प्रमुख डा : जगन्नाथ तिवारीकाे अध्यक्ष्ाता सुचना अधिकारी निम रानाकाे स्वागत अस्पताल ब्यबस्थापक शिव बन्जाडेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।