बिकास घिमिरे न्युजपानामहान चाड वडादशैँ, दिपावली, छठ पर्वहरु नजिकिदै गर्दा उपभोक्ताहरुको स्वास्थ्यमा ख्याल गर्दै शितगंगा नगरपालिकाले बिभिन्न स्थानमा बजार अनुगमन गरेको छ । वडा नम्बर ५ र ६ का २० पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमनमा म्याद नाघेका सामानहरु बरामद गरिएको थियो । दर्ता नभएका पसलहरुलाई नगरपालिका र सम्बन्धित निकायमा दर्ता गर्न अनुरोध गरिएको छ । मापदण्ड बिपरित सञ्चालन गरिएका पसलहरुलाई तल्काल सुझाव सहित मापडण्डमा रहन भसनएको छ पछि पुन अनुगमनमा सुधार नभएमा जरिवाना गरिने छ ।
बजार अनुगमनका क्रममा खाधन्य सामाग्रीहरु बढी मुल्यमा बेचेको ,खरिदमा ठसलो परिमाण् समेत बिल बिनै खरिद गर्ने आसधकारीक बिल प्रयोग नगर्ने गरेको पाइएको छ । साथै यि पदार्थहरु अधिकांस पसलहरुमा म्याद गुज्रेको ाइए पछि नस्ट गरिएको छ ।
अनुगमनको क्रममा अनुगमन टोली प्रमुख अजय यादब , राजस्व साखा प्रमुख कमल पन्थि शितगगा उद्योग बाणिज्य संघको तर्फबाट नारायण बन्जाडे इलाका प्रमुख ऋषिराम घर्ति मगर लगायतको सहभागितामा बजार अनुगमन सम्पन्न भएको छ ।