२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

शितगंगा नगरपालिकामा  २९९ जना किशोरी लाई HPV खोप लगाउने लक्ष्य

अराज बेल्बासे माघ २० अर्घाखाँची । शितगंगा नगरपालिकाले पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूलाई सुरक्षित राख्ने उद्देश्यसहित HPV  खोप अभियान सञ्चालन गर्ने भएको छ। नगरपालिकाका अनुसार अभियान माघ २७ गतेदेखि औपचारिक रूपमा सुरु गरिनेछ।
अभियानअन्तर्गत शितगंगा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई विद्यालयमै पुगेर HPV खोप दिइने स्वास्थ  शाखा प्रमुख दामोदर ढकालले जानकारी  दिनु भयो । यसले खोप पहुँचलाई सहज बनाउनुका साथै किशोरीहरूको सहभागिता बढाउने अपेक्षा गरिएको छ।
विद्यालय बाहिर रहेका, अध्ययन छाडेका वा कुनै कारणले विद्यालयमा खोप लिन छुटेका किशोरीहरूका लागि माघ २८ गते नगरपालिकाभित्रका तोकिएका स्वास्थ्य संस्थाहरूमा खोप सेवा सञ्चालन गरिने ढकालले बताउनु भयो ।
खोप अभियानलाई सफल बनाउन नगरपालिकाले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूलाई परिचालन गर्ने तयारी गरेको छ।
यस वर्ष शितगंगा नगरपालिकामा कुल २९९ जना किशोरीलाई HPV खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको छ। यसअघि गत वर्ष नगरपालिकाले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीहरूलाई लक्षित गर्दै HPV खोप अभियान सञ्चालन गरेको थियो ।
खोप अभियानको तयारी, व्यवस्थापन र समन्वयका विषयमा जानकारी गराउने उद्देश्यले शितगंगा नगरपालिकामा पालिका स्तरीय खोप समन्वय समितिको बैठकसमेत सम्पन्न भएको छ। बैठकमा अभियानको कार्ययोजना, खोप वितरणको तालिका, मानव स्रोत परिचालन, जोखिम न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले HPV खोप किशोरीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भयो । उपप्रमुख गीता भाटले किशोरीहरूको स्वास्थ्यमा लगानी गर्नु भविष्यको पुस्ता सुरक्षित बनाउने आधार भएको उल्लेख गर्दै अभिभावक, विद्यालय र समुदायको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नु भयो ।


यस्तै, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले खोप अभियानलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै कुनै पनि लक्षित किशोरी खोपबाट वञ्चित नहोस् भन्नेमा नगरपालिकाको ध्यान केन्द्रित रहेको बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले HPV खोपको आवश्यकता, खोप लगाउने विधि, सम्भावित साइड इफेक्ट र सावधानीका विषयमा सहजीकरण गर्दै पाठेघरको मुखको क्यान्सर न्यूनीकरणमा यस खोपको भूमिका महत्वपूर्ण रहेको जानकारी गराउनु भयो।
बैठकमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सवास्थ शाखाका लक्ष्मण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

कपिलवस्तु ३ मा काँग्रेसमा युवा निर्वाचन कमाण्डर

0

शितगंगा ५ को जुकेना स्वास्थ्य चौकीमा विगत आठ महिना देखि २४...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?