विक्रम आचार्य वाणगंगा
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ वडा कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारीहरू सरसफाइ अभियानमा सक्रिय रूपमा जुटेका छन्। दैनिक रूपमा सेवाग्राहीको भिडभाड रहने यस कार्यालयले वडा बासिलाई छिटो, छरितो तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ।
सेवाग्राहीको चाप कम भएको समयमा कार्यालय परिसर सफा राख्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरू स्वयं सरसफाइमा खटिएको देखिएको हो। कार्यालय परिसरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने अभियान अन्तर्गत झारपात सफा गर्ने तथा फोहोर व्यवस्थापन गर्ने काम गरिएको वडा सदस्य शैलेन्द्र वेल्वासेले जानाकारी दिनु भयो ।
स्थानीयवासीले सेवा प्रवाहसँगै सरसफाइमा समेत कार्यालयको सक्रियता प्रशंसनीय रहेको बताएका छन्। सरसफाइले कार्यालय परिसरलाई आकर्षक बनाउनुका साथै सेवाग्राहीलाई समेत सकारात्मक सन्देश दिएको जनाइएको छ।







