शितगंगा १३ को सार्वजनिक सुनुवाई तथा वडा भेला सम्पन्न

विक्रम आचार्य/ शितगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ काे आ .व. २० ८०।०८१को समिक्षा तथा आ . व .२०८१/० ८ २ को योजना छनौटका लागि राय , सल्लाह ,सुझाव संकलन तथा वडा भेला सम्पन्न भएको छ ।

परिषदबाट आगामी २०८ १/०८२ मा भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता विषयवस्तुलाई प्राथामिकतामा राखिने भएकाे छ । त्यस्तैगरी सामाजिक विकास तर्फ कृषि, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथामिकता राखिएको वडा अध्यक्ष दुर्गा वि.सि ले बताउनुभयो ।


न्युनतम् ५ रोपनी भन्दा बढी कारोवार नगर्ने र बसाईसराई रोक्ने , हाल साविकी र स्रेता कायमको लागि शिविर ल्याउने ,गाजा खेति र लोकल मदिरा को लागि सम्भाव्यता अध्ययन गरिने वडा अध्यक्ष विसिले बताउनु भयो ।

टाेल स्तरीय योजना छनौट बाट आएका योजना सबै सरोकार वाला बाट जनताका गुनासो सहितका सल्लाह, सुझाव लीदा अधिकांशले अब आगामी योजनाहरुमा यसपल्ट शिक्षा, स्वास्थ्य, खानेपानी ,कृषिलाई प्राथमिकता दिन सुझाव दिएकाे अध्यक्ष विसिले बताउनुभयो ।

आजको उद्घाटन सत्र कार्यक्रममा वडा अध्यक्ष दुर्गा विसिको अध्यक्षता उपप्रमुख गिता भाट को प्रमुख आथिथ्यता पूर्व प्रदेश सांसद जाल्पा भुसाल तथा जिल्ला समन्यय सदस्य मिना विसि परिवार को विशिष्ठ आथिथ्यता साथै वडाका सम्पूर्ण जनप्रतिनिधी पार्टी प्रतिनिधी शिक्षण संस्थावाट प्रधानाध्यापक पत्रकार संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले दिगो विकाश निर्माणको लागि शिक्षा , स्वास्थ्य, कृषि , खानेपानी जस्ता क्षेत्रलाई प्राथामिकतामा राखेर तिव्र बसाई सराईलाई रोकि विकाशको आधार निर्माण गर्न सुझाव दिएका थिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अथिती तथा उपप्रमुख गिता भाट ले वास्तविक आवश्यकता लाई पहिचान गरि बजेट विनियोजन गरिने आफुले सकेसम्म केन्द्र वाट बजेट पारेको वाकि योजना नगरबाट पनि सम्बोधन गर्ने बताउनु भयो ।

पूर्व सांसद जाल्पा भुसालले आफ्नो कार्यकालमा बजेट पारेको र अहिले पनि पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष विसिले सबैका सुझावलाई आत्मसाथ गर्दै विकाश निर्माणको लागि योजना विनियोजन गर्दा सबैलाई समेटेर बजेट विनियोजन गर्ने बताउनु भयो।

खुला सत्रको कार्यक्रम वडा सचिव रामु आचार्यको सञ्चालन र न्युज पाना मिडिया प्रा.लिको सहजीकरणमामा सम्पन्न भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?