२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

आधारशिला सानाकिसान कृषि तथा पशु बिकास महिला सहकारी सस्था लि. को छैठौं साधारण सभा सम्पन्न

न्यूजपाना , शितगंगा

शितगंगा नगरपालिका वडा न ४ अमराइमा रहेको आधारशिला सानाकिसान कृषि तथा पशु विकास महिला सहकारी सस्था लि. को छैठौं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष तारा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सितगंगा नगरपालिकाका पुर्व नगर प्रमुख शुर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यता, , वडा न ४ र १२ का वडा अध्यक्ष , दामोदर अधिकारी र चोप बहादुर घर्ति को बिशिष्ट आथित्यता र अतिथीहरु कार्यपालिका सदस्य गंगा थापा, मान बहादुर नेपाली , बिष्णु भट्टराई , वडा सदस्यहरु जुवराज बेल्बासे , लक्ष्मी सुनार , नारायण बि.क , सरस्वती सारु , राजकुमार श्रेष्ठ , गणेश श्रेष्ठ ,शुसिला बिक , जिबन कुमार सिंजाली , तुल्सीराम घिमीरे , सिता बिक लगायतको उपस्थित मा कार्यक्रम सम्पन्न भएको हो ।

आधारशिला सानाकिसान कृषि तथा पशु विकास महिला सहकारी संस्थामा शितगंगा नगरपालिका वडा न ३,४र १२ मा गठन भएको ७४ ओटा समुहका अहिलेसम्म १३१५ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुंजी असार मसान्त सम्म २६ लाख २८ हजार १ सय रहेको छ । बचत निक्षेप १ करोड , ६४ लाख ,८९ हजार ४२७ रहेको र कोष हिसाब ६४लाख, ६ हजार , ४७९ गरी संस्थाको कुल पुंजी २ करोड , ५६ लाख, १३ हजार ,.३ सय ४४ रुपैया रहेको संस्थाको वार्षीक प्रगति प्रतिवेदन अध्यक्ष तारा थापाले प्रस्तुत गर्नुभएको थियो ।

यस आर्थिक वर्षमा यस सहकारी संस्थाले १५४६ खसीबोका ४७३९० के.जी , ७७९ वटा १७७६ केजीका लोकल कुखुरा , २७ ओटा बङ्गुर जिउदै तौल प्रणली मार्फत खरीद बिक्रि गरेको छ र रासायनीक मल , मकै चोकर र बरान खरीद बिकि गरी जसबाट २ करोड२७ लाख २९ हजार ४ सय ७० रुपैंया बराबारको कारोबार गरेको छ ।


आ व २०७९÷०८० मा शितगंगा नगरपालिकाबाट प्रदान गरीएको उत्पादनका आधारमा अनुदान रकम रु १८ लाख ७४ लाख ७४ हजार १४ रुपैया बितरण गरेको र पशु सेवा शाखाको सहयोगमा रहेका ३६०० बाख्रामा पिपिआर खोप लगाएको छ ।
यस संस्थाद्धारा लगानी गर्दा लिइने ब्याजदर १५ प्रतिशत र सदस्यलाई दिने ब्याजदर ९ प्रतिशत रहको छ ।
कार्यक्रममा जेष्ठ नागरकि तर्फ भिमकला आचार्य , कृषि तर्फ कमला बुढाथोकी असल ऋणी तर्फ ओमकला घर्ति, बाल बचत तर्फ आकृती श्रेष्ठ , उत्कृष्ट बाख्रा पालन तर्फ कमला गैरे, दाना खरदि तर्फ अमुता घ.म, सस्था तर्फ सहयोगी तेजकला पौडेल र धेरै शेयर खरीद तर्फ निर्मला श्रेष्ठलाई सहकारीले सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?