शितगंगा नगरपालिकामा मेयर उपमेयर कप सञ्चालन गर्न युवाहरुको माग

शितगंगा नगरपालिका, १५ बैशाख — शितगंगा नगरपालिकाका युवाहरुले मेयर कप तथा उपमेयर कप क्रिकेट प्रतियोगिता यथाशीघ्र सञ्चालन गर्न र युवा लक्षित बजेट अन्य कार्यमा रकमान्तर नगर्न आग्रह गर्दै सोमबार नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापन पत्र बुझ्दै उपमेयर गीता भाटले  युवाहरुको मागप्रति सकारात्मक दृष्टिकोण राखिएको बताउनु भयो । साथै, युवाहरुको चाहना अनुसार  मेयर उपमेयर कप  प्रतियोगिता छिट्टै सञ्चालन हुने आश्वासन समेत दिनु भयो ।


नगरपालिकाले युवा लक्षित बजेटलाई प्राथमिकतामा राख्दै खेलकुद गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै । “युवाको चाहना अनुसार नै कार्यक्रम अगाडि बढाइनेछ, तपाईंहरु ढुक्क हुनुहोस्,” नगर उपमेयर भाटले बताउनु भयो ।
ज्ञापन पत्र सहित पुगेका युवाहरुलाइ वडा अध्यक्ष  भिम केसीले गत बर्ष बाध्यताले बजेट  रकामान्तर गर्न परेको तर यस बर्ष  बिनियोजित बजेटबाट ख्ल सञ्चालन  हुनेमा ढुक्क हुन अनुरोध गर्नु भयो ।  जनप्रतिनिधिहरु खेलकुद र खेलप्रेमीका माग प्रति सकारात्मक  रहने बताउनु भयो ।


शितगंगा नगरपालिकाका विभिन्न वडाका युवाहरु सुरज परियारको नेत्तृत्वमा नगरपालिकामा ख्ल सञ्चालन  गर्न माग गर्दै ज्ञापन पत्र पेस गरेकन हुन । यश अघि नगर प्रमुख तथा प्रमुख प्रशासकीय  अधिकृत सँग समेत छलफल भइ सकेको संयोजक सुरज परियारले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?