२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार

AI को दुरुपयोग नियमन गर्न आवश्यक

श्रीकृष्ण भुसाल न्युज पाना, AI (Artificial Intelligence) अर्थात् कृतिम बौद्धिकता सूचना प्रविधिको विकासले विश्व समुदायलाई दिएको नवीनतम उपहार हो। यसले इन्टरनेटको माध्यमबाट विभिन्न सूचना संकलन गरी उक्त सूचनाहरुको विश्लेषण, प्रसारण, एकीकरण र उपयोगमा आफ्नो बौद्धिक क्षमता प्रदर्शन गर्दै व्यक्तिको बौद्धिक श्रम र समयको बचत गराउँछ।
AI को सहायताले एनिमेसन गरी तयार गरिएका तस्विर र चित्रहरू वास्तविक नभई कसैको वास्तविक अनुहार, रूप-रङ्ग, स्वरूप र चालढाल संग मिल्ने तर काल्पनिक हुन सक्ने भएकोले यसले आपराधिक मानसिकतालाई प्रश्रय दिने हुँदा निगमनको लागि विश्व समुदाय र राज्यको तत्काल ध्यान जानु आवश्यक छ ।

हामीले बारम्बार अपलोड गरेका तस्वीरहरु, भिडियोहरू र सामाजिक सञ्जालहरुमा अभिव्यक्त गरेका विचार तथा विभिन्न अनुप्रयोगहरुमा अपलोड गरिएका सूचनाहरुले गर्दा व्यक्तिको सम्पूर्ण आनीबानी र तथ्य हरुको बारेमा स्वयं आफै र परिवारका सदस्यहरु एवम् घनिष्ठ मित्रहरूसंग भए भन्दा धेरै जानकारी AI ले इन्टरनेट मार्फत प्राप्त गर्दछ र उक्त सूचनाहरूको संकलन र प्रशोधन गरी निर्देशन अनुसार अभिव्यक्त गर्ने गर्दछ।

साथै यसले गलत उद्देश्य भएका व्यक्तिलाई इन्टरनेटमा अपलोड भएका विभिन्न सूचना, तस्वीर र भिडियो अनि सामाजिक सञ्जाल मार्फत संप्रेषित विचारको आधारमा कुनै व्यक्तिका गतिविधिको बारेमा सुक्ष्म अवलोकन गर्ने, अनुमान गर्ने, गलत तथ्यलाई समेत मिसाएर विकृत र नकारात्मक बिम्ब तयार गरी गलत तस्वीर, अडियो, भिडियो लगायत अन्य सामग्री निर्माण र प्रसारण गर्न सहयोग गर्ने धेरै सम्भावना हुन्छ।
त्यसैले AI को सदुपयोग मात्र नभई दुरुपयोग हुने बढी सम्भावना देखिन्छ। यसर्थ विश्व समुदाय र राज्यले आवश्यक संरचना निर्माण गरी यसको निगममा गर्ने प्रणालीको तत्काल विकास गर्नु पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?