बाल्टिमोर, मेरिल्यान्ड । नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहतका लागि अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोरमा Dunkin Donuts का कर्मचारी तथा ग्राहकहरूले आर्थिक सहयोग संकलन गरेका छन्।
बाल्टिमोरको 41st Street स्थित Dunkin Donuts मा कार्यरत कर्मचारीहरूले कार्यस्थलबाटै राहत अभियान सञ्चालन गर्दै आफूहरूले व्यक्तिगत रूपमा सहयोग गर्नुका साथै ग्राहकहरूबाट समेत रकम संकलन गरेका हुन्।अभियानमार्फत कुल ९९५ अमेरिकी डलर संकलन भएको जनाइएको छ। संकलित रकम नेपाालको राहत कोषमा सम्मा गरिएको छ । नेपाली रु 150000रुपिया जम्मा गरिएको हो ।
सहयोग गर्नेहरूमा Dunkin का मालिक Abhi Sheth ले ५०१ अमेरिकी डलर, नियमित ग्राहक Robert Rigg ले २०० अमेरिकी डलर तथा कर्मचारीहरू Samjhana Rawat ले ५५, Krishna Ijam ले ५१, Arjun P. Amagain ले ५१, Bindra Timilsina Khanal ले ५१, Aarati Bhandari ले ५१ र Samikshya Lamichane ले ३५ अमेरिकी डलर सहयोग गरेका छन्।
अभियानमा Dunkin का मालिक Abhi Sheth को ५०१ अमेरिकी डलरको योगदानलाई विशेष रूपमा प्रशंसनीय मानिएको छ। नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारको अवस्थाप्रति संवेदनशील हुँदै उहाँले राहतका लागि उदार सहयोग गरेको बताइएको छ।
त्यस्तै, Dunkin का नियमित ग्राहक तथा U.S. Navy Veteran Robert Rigg ले पनि २०० अमेरिकी डलर सहयोग गरेका छन्। नेपालमा आएको विपत्तिबारे जानकारी पाएपछि मानवीय भावनाका साथ राहत अभियानमा सहभागी भएको जनाइएको छ।
प्रवासमा रहेका नेपालीहरूले मातृभूमिमा आइपरेको विपत्तिमा आफूले सकेको सहयोग गर्नु आफ्नो मानवीय तथा सामाजिक जिम्मेवारी भएको बताएका छन्। उनीहरूले सहयोग रकम सानो वा ठूलोभन्दा पनि विपत्तिमा परेका परिवारको साथमा उभिने भावना महत्वपूर्ण रहेको बताएका छन्।
अभियानमा सहयोग गर्ने Dunkin का मालिक, कर्मचारी, ग्राहक तथा अन्य सहयोगी मनहरूप्रति आयोजक पक्षले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
सहयोग विवरण:
- Abhi Sheth (Owner) — $501
- Robert Rigg (Customer) — $200
- Samjhana Rawat (Employee) — $55
- Krishna Ijam (Employee) — $51
- Arjun P. Amagain (Employee) — $51
- Bindra Timilsina Khanal (Employee) — $51
- Aarati Bhandari (Employee) — $51
- Samikshya Lamichane (Employee) — $35
कुल संकलित रकम — $995


