रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो ४ बजे सम्म १८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ ।प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालहरूमा ६२ जना बाढीबाट घाइते भएकाहरूको उपचार भइरहेको बताइएको छ । चीनको तिब्बत हुँदै रसुवामा भित्रिएको भयानक बाढीका कारण ठूलो मानवीय क्षति भएको छ ।सोही क्षतिका क्रममा घाइते भएका ६२ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।नेपाल प्रहरीका अनुसार काठमाडौंका अस्पतालमा मात्रै २५ जना घाइतेको उपचार भइरहेको छ ।
रसुवाको सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आज आएको भीषण बाढी हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुनसक्ने बताइएको छ। सम्भवतः हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुन सक्छ। “लेन्दे खोलामा आज आएको बाढी हिमपहिरो कारणले भए पनि यसको अझै पुष्टि हुन बाँकी छ।सुवाको भोटेकोशी नदीमा आएको बाढीले ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरूमा २९१ विदेशी र ९३ नेपाली पर्यटक रहेका छन् ।
नेपाल पर्यटन बोर्डले स्थिति प्रतिवेदनमार्फत अहिलेसम्म ३८४ जना पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन नसकेको जनाएको हो ।भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि सम्पर्कविहीन भएका पर्यटक तथा पदयात्रीको पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य निकायले खोजी तथा उद्धारमा समन्वय गरिरहेका छन् । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।


