आरम्भ चौतारी लघुवित्त संस्थाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

 

 

विक्रम आचार्य शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका मा आरम्भ चौतारि लघुवित्त संस्था लिमिटेड को केन्द्र प्रमुख गोष्टी तथा वित्तिय साक्षरता कार्यक्रम एक कार्यक्रम विच सम्पन्न भएको छ ।

कार्यक्रम आरम्भ चौतारी लगुवित्त संस्थाका साखा प्रमुख अभिषेक पौडेकको अध्यक्षता शितगंगा नगरपालिका नगर प्रमुख छविलाल पौडेलको प्रमुख आथिथ्यता उपप्रमुख गिता भाटको विशिष्ट आथिथ्यता वडा नं . ३ का वडा अध्यक्ष चिन्तराज अधिकारी वडा नं ४ का वडा अध्यक्ष दामोदर अधिकारी उद्योग वाणिज्य संग शितगंगाका अध्यक्ष लक्ष्मण पन्थी ज्योति भविश्वर माविका सहायक प्र अ राम प्रसाद बेल्वासे कृषि विकाश बैङ्कका प्रमुख सुरक्षा कर्मि पत्रकारको विषेश आथिथ्यता साथै आम सेवा ग्राहीको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख छविलाल पौडेलले घर आगनमा आयर ग्रामिण स्थरमा बचत तथा ऋण प्रवाह गरेकोमा धन्यवाद दिदै थप प्रगतीको कामना गर्नु भयो ।

उपप्रमुख गिता भाटले यस्ता बैङ्क तथा संस्थाले सेवा दिदा दिदि बहिनीको बचत साथै आवश्यक ऋण समेत सहज रूपमा प्रवाह गरि व्यावसायिक दिदि बहिनीलाई राहत भएको साहु महाजनको हात जोड़न नपरेको राम्रो पक्ष भएको वास्तविक आवश्यकता पहिचान गरि ऋण प्रवाह गर्न तीर ध्यान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले संस्थाको उन्नती प्रगती को र कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

“आर्थिक सम्वृद्धीको आधार आरम्भ चौतारीको उपहार ” भन्ने मुल नारा लियको वित्तिय साक्षरता सम्बन्धी प्रसिक्षण संस्थाका अनुगमन अधिकृत देवेन्द्र खड्काले दिनु भएको थियो ।

संस्थाका सहायक कर्मचारी विशाल घर्ति को स्वागत मन्तव्य तथा संस्थाको सहायक कर्मचारी माया पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगामा २ परिक्षा केन्द्रबाट ६१३ जनाले SEE परिक्षा दिँदै

0

SEE का लागि २ महिना देखि बिद्यालयमै बास

0

आरम्भ चौतारी शितगंगाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न 

0

अर्घाखाँचीमा भेटियो बाघ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?