न्युजपाना असोज १५
डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी शितगंगा नगरपालिकामा १ दिने अभिमुखी करण कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय अर्घाखाँचीमा डेंगुका बिरामी समेत बढिरहेकोले यसको रोकथाम तथा नियन्त्रको लागि गरिएको पहलको बारेमा छलफल तथा अन्तरकृया गरिएको हो ।
स्वास्थ कार्यालय अर्घाखाँचीको आयोजना तथा शितगंगा नगरपालिकाको स्वास्थ शाखाको समन्वयमा सम्पन्न कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेल , उपप्रमुख गिता भाट , प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा बिभिन्न राजनितिक दलका प्रतिनिधी, बिभिन्न संघ सस्थाका प्रतिनिधी लगायतको उपस्थती रहेको थियो । कार्यक्रममा शितगंगा नगरपालिका स्वास्थ शाखा प्रमुख दामोदर ढकालको सञ्चालन तथा लक्ष्मण पौडेलको स्वागत र स्वास्थ कार्यलयका जनस्वास्थ निरिक्षक गणेश राज पौडेल तथा तथ्यांक निरिक्षक बशन्त पोख्रेलले कार्यक्रमा सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा डेंगु संक्रमण हुन सक्ने अबस्था र यसको रोकथामको बारेमा सहजिकरण गपिरएको थियो भने पछिल्लो समयको जिल्ला गत सक्रमण अबस्थाबारे समेत जानकारी गराइएको थियो ।