मन्त्रीपरिषदको निर्णय कुर्दै शितगंगा सहित २३ स्थानमा इलाका प्रशासन

गृह मन्त्रालयले ग्रामीण भेगका नागरिकलाई प्रशासनिक सेवा सहज बनाउने उद्देश्यले देशभर २३ नयाँ इलाका प्रशासन कार्यालय खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ।

जनघनत्व, भौगोलिक कठिनाइ, पहुँचको अवस्था र दरबन्दी समायोजनलाई आधार मानी प्रस्ताव तयार पारिएको हो।

स्थानीय तहका जनप्रतिनिधिहरूले यसलाई ऐतिहासिक कदम भन्दै स्वागत गरेका छन्। प्रस्ताव अनुसार दरबन्दी नबढाई विद्यमान स्रोतको अधिकतम उपयोग गर्दै सेवा विस्तार गरिनेछ।
यो योजनाबाट करिब तीन लाख नागरिक प्रत्यक्ष लाभान्वित हुने बताइएको छ।मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनका आधारमा प्रस्ताव अघि बढाएको हो।
यदि कार्यान्वयनमा ल्याइयो भने नागरिकता, राहदानी, परिचयपत्र, सुरक्षा लगायतका सेवा गाउँमै उपलब्ध हुनेछन्, जसले ग्रामीण जनताको समय, खर्च र श्रम बचत गर्नेछ।
शितगंगा नगरपालिकामा पनि इलाका प्रशासनको माग गर्दै पटक पटक मन्त्रालय डेलिगेसन गए पनि नहुँदा जनता निरास भएका थिए । मन्त्री परिषदको निर्णय कुरेर बसेको इलाका प्रशासन कार्यालय सितगंगा यसपटक भने निर्णय हुने ठूलो अपेक्षा रहेको छ ।
भौगोलिक  रूपमा निकै कठिन रहेको शितगंगा सदरमुकाम  सँग निकै दुरी टाढा छ नागरिता बनाउन ,मालपोत लगायतको काम गर्न बास बस्नु पर्ने शितगंगाबासीको पीडा छ यसलाइ मध्यनगर गर्दै जनप्रतिनिधि  तथा शितगंगाका राष्ट्रसेवक  कर्मचारीहरुले पहल कदमी गरिरहेका थिए ।
शितगंगामा इलाका प्रशासन आउने सम्भावना  बढे पछि स्थानिय खुशी बनेका छन । गाँउगाउमा सिंहदरबारको महशुस  यो निर्णयले गराएको स्थानीयको भनाइ छ ।

इलाका प्रशासन कार्यालय स्थापना गर्न सिफारिस गरिएका स्थानहरूमा:
इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग
इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग
इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगा
इलाका प्रशासन कार्यालय, सुखिपुर, सिरहा
इलाका प्रशासन कार्यालय, धनुषाधाम, धनुषा
इलाका प्रशासन कार्यालय, वलरा, सर्लाही
इलाका प्रशासन कार्यालय, पोखरिया, पर्सा
इलाका प्रशासन कार्यालय, दुधौली, सिन्धुली
इलाका प्रशासन कार्यालय, टोखा, काठमाण्डौ
इलाका प्रशासन कार्यालय, धो, डोल्पा
इलाका प्रशासन कार्यालय, खत्याड, मुगु
इलाका प्रशासन कार्यालय, रास्कोट, कालिकोट
इलाका प्रशासन कार्यालय, कोल्टी, वाजुरा
इलाका प्रशासन कार्यालय, देउरा, बझाङ्ग
इलाका प्रशासन कार्यालय, साफेबगर, अछाम
इलाका प्रशासन कार्यालय, विपिनगर, डोटी
इलाका प्रशासन कार्यालय, गोकुलेश्वर, दार्चुला
इलाका प्रशासन कार्यालय, मेलौली, बैतडी
इलाका प्रशासन कार्यालय, हेदङ्गवा, संखुवासभा
इलाका प्रशासन कार्यालय, गैडहवा, रुपन्देही
इलाका प्रशासन कार्यालय, भिमाद, तनहुँ
इलाका प्रशासन कार्यालय, सितगंगा, अर्घाखाची
इलाका प्रशासन कार्यालय, खैरहनी, चितवन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगामा २ परिक्षा केन्द्रबाट ६१३ जनाले SEE परिक्षा दिँदै

0

SEE का लागि २ महिना देखि बिद्यालयमै बास

0

आरम्भ चौतारी शितगंगाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न 

0

अर्घाखाँचीमा भेटियो बाघ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?