गुडरुङ्ग खोलामा बन्ने भयो पुल आइतबार शिलान्यास हुँदै

न्युजपाना शितगंगा पुस ७ www.newspana.com

शितगंगा नगरपालिका वडा न.११ र १२ जाेड्ने पथ्थरकाेट हर्रे सडक अन्तरगत गुडरुङग खाेला रानीकुवाकाे माेटरेवल पुलकाे निमार्णको काम सुरु हुन लागेको छ । पुलको मिति २०८०/०९/०८ गते माननिय सांसद रामजी प्रसाद घिमिरे ज्यूबाट शिलान्यास हुने कार्यक्रम रहेकाे वडा नम्बर ११ का वडा अध्यक्ष नवराज भुसालले जानकारी दिनु भयो । पुल नहुँदा वडा नम्बर ११ को ढुङ्गेशेरा लगायतका गाउँ प्रभाबित थिए उक्त सडक अन्तरगत पुल बने पछि वडा नम्बर १० को हर्रे जाने सडक समेत सुचारु हुने अपेक्षा गरिएको छ । पुल शिलान्यास हुने भए पछि वडा नम्बर ११ का वडा अध्यक्ष नवराज भुसालले
शितगंगा नगरपालिका वडा न.११ , १२ र बुध्दभुमि न.पा १ का सम्पूर्ण जनप्रतिनिधि ज्युहरु , समाजसेवी बुद्धिजीवी ,राजनैतिक दलका प्रतिनिधि , युवा क्लब , महिला समूह , संचारक्रमी लगाएत सम्पुर्ण सराेकारवाला सबैलाई पाैष ०८ गते दिउसाे १ बजे गुडरुङग खाेला रानिकुवामा उपस्थितिका लागि सादर निमन्त्रणा गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?