कपिलवस्तुको चिल्ड्रन प्याराडाईस एकेडेमीमा नव अविभावक तथा विद्यार्थी अभिमुखीकरण एवं स्वागत कार्यक्रम सम्पन्न

 

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका स्थित चिल्ड्रन प्याराडाईस एकेडेमी विद्यालयमा नव अभिभावक तथा विद्यार्थी अभिमुखीकरण एवं स्वागत कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं. ८ का वडा सदस्य शैलेन्द्र बेल्वासे प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा समाजसेवी व्यक्तित्व बाबुराम भट्टराई तथा हिमलाल घिमिरेको विशेष आतिथ्यता रहेको थियो।

त्यसैगरी विद्यालयका संस्थापक तथा सीईओ केशव सापकोटा, सहायक निर्देशक विष्णु प्रसाद अर्याल, प्रधानाध्यापक माधव बेल्वासे, सहायक प्रधानाध्यापक गणेश अधिकारी, शैक्षिक व्यक्तित्व लीलाधर ज्ञवाली, ज्ञान बहादुर ढकाल तथा नारायण बेल्वासे लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा मा.वि. शिक्षिका सविता पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालय कोअर्डिनेटर लीलाधर ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा नव विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले आगामी शैक्षिक गतिविधि, अनुशासन, गुणस्तरीय शिक्षा तथा विद्यार्थीमैत्री वातावरणका विषयमा जानकारी गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?