२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

लुम्बिनी प्रदेशमा ९ महिनामा ६४ जनाको हत्या

न्युजपाना जेठ ३
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म)मा ६४ जनाको हत्या भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार चालु आर्थिक वर्षमा भएका हत्याका घटनामध्ये अधिकांशमा चिनजानेका व्यक्तिकै संलग्नता पाइएको छ। उहाले अधिकांश हत्याका घटना योजनाबद्ध रूपमा भन्दा पनि सामान्य विवाद, रिसको झोँकका कारण भएको बताउनु भएको छ। लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १०९ वटा हत्या भएका थिए।

चालु आर्थिक वर्षको ९ महिनामा ४२ जना पुरुष र २२ जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ। लुम्बिनीका १२ वटा जिल्लामध्ये सबैभन्दा धेरै दाङ जिल्लामा हत्याको घटना भएको छ। दाङमा १४ जनाको हत्या भएको छ भने सबैभन्दा कम गुल्मीमा १ जनाको मात्रै हत्या भएको छ।

नवलपरासी जिल्लामा ६ जना, रुपन्देहीमा ९ जना, बाँकेमा ९ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै, कपिलवस्तुमा ४, बर्दियामा ५, पाल्पामा ३, अर्घाखाँचीमा २, प्युठानमा ५, रोल्पामा ३ र रुकुममा २ जनाको हत्या भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी (100%)
  • खुसी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?