न्युजपाना , शितगंगा
शितगंगा नगरपालिकाले नगर क्षेत्रमा रहेका खोलाबाट नदि जन्य पदार्थ निकासीका लागि जिल्ला समन्वय प्रमुख जिबनारायण कोइराला, प्रमुख शितगंगा नगर प्रमुख छबिलाल पौडेल,सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य जिल्ला समन्वय अधिकारी , शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, डिभिजन बन अधिकृत इश्वरी प्रसाद पौडेल,योजना अधिकृत नुमलाल खनाल,राजस्व शाखा प्रमुख कमल पन्थी,वडा अध्यक्ष नवराज भुसाल ,रुकेस आले ,इञ्जिनियर नारायण पाण्डे लगायतको सहभागितामा स्थलगत अनुगमन गरेको छ । नगरपालिकाले बातावरण प्रभाव मुल्याङकन सम्पन्न गरेका बिभिन्न खोलाको अनुगमन गरेको हो ।
अनुगमन पछि प्रभाबित क्षेत्रको असर नहुने गरे नदि जन्य पदार्थ निकासीको लागि नगरपालिकाले टेण्डर आहवान गर्ने छ । यस्तै बन क्षेत्रमा पर्ने खोलाहरुको भने बन कार्यालयले नदि नियन्त्रण कार्यक्रम अनुसार बन कार्यालयले नै ठेक्का लगाउने भएको छ । बनमा रहेकोले संरक्षण निति अनुसार स्थानिय तहको बनमा रहेका नदिको अधिकार स्थानिय तहमा नहुने भन्दै डिभिजन बन कार्यालयले नै नदि ठेक्का लगाउन सुरु गरेको छ ।
स्थानिय तह सञ्चालन ऐन र प्रदेश वन ऐन बिच केहि कानुन बाझिदा स्थानिय तहले राजस्व उठाउन नपाउने भएको हो भने बातावरण प्रभाव मुल्याङकन भइसकेका बन क्षेत्रका खोलाले बन क्षेत्रनै कटान गर्दा समेत बन कार्यालयले निकासीमा केहि खोला रोक्ने भएको छ । बस्ती क्षेत्र नभएको स्थानमा बनले स्थानिय तहलाइ निकासीका लागि रोक्ने भएको हो । कपिलबस्तु संग सिमाना जोडिएका खोलामा नजकै कपिलबस्तुले मेसिन प्रयोग गरेर राजस्व संकलन गरिरे पनि बनको अबरोधका कारण करोडौको राजस्व गुम्ने भएको हो ।
बनकार्यालयले गत बर्ष केहि खोलाको ठेक्का गर्दा डम्पिङ्ग गरेर राखेको छ पटक पटक ठेक्का आहवान गर्दा समेत निकासी हुन सकेको छैन भने स्थानियले संकलनमा भएको खर्च भन्दा उठाएको सामाग्रीको राजस्व कम हुने बताएका छ । राष्टपति चुरे संरक्षण कार्यालयले समेत आइइ सम्पन्न खोलाहरुको अनुगमन गरि सोही अनुसार निकासी गर्न सहमति दिएको छ जिल्ला स्तरिय अनुगमन टोलीले अनुगमन पछि ठेक्का प्रकयाका लागि अनुमति दिएको छ ।