शितगंगा नगरपालिकामा खुल्ला तीज गीत प्रतियोगिता हुने

 

न्युजपाना, शितगंगा

शितगंगा नगरपालिकामा तीज पर्वको अवसरमा तीज गीत प्रतियोगिता हुने भएको छ । शितगंगा नगरपालिकाको सहयोग तथा न्युज पाना मिडिया प्रालिको सहकार्यमा आगामी भाद्र १६ गते, आइतबार शितगंगा नगरपालिकाको प्राङ्गणमा हुनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक समूहहरूले बढिमा ९ जना सदस्यीय टोलीमा सहभागी हुन पाउनेछन्। प्रत्येक समूहले ८ मिनेटको अवधिमा आफ्नो प्रस्तुति दिनुपर्नेछ। प्रतियोगितामा भाग लिनको लागि अन्तिम मिति २०८१ भाद्र १४ गतेसम्म तोकिएको छ।

नगरपालिकाले यस प्रतियोगितालाई सामाजिक र सांस्कृतिक संरक्षणको अभिप्रायले आयोजना गरेको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई आकर्षक नगद पुरस्कार सहित सम्मान गरिनेछ। प्रथम पुरस्कार रु। ३०,०००, द्वितीय पुरस्कार रु। २५,०००, तृतीय पुरस्कार रु। १५,००० र सान्त्वना पुरस्कार रु। १०,००० नगद राखिएको छ।

प्रतियोगिताका निर्णयहरू आयोजक समितिको अन्तिम हुनेछन्। शितगंगा नगरपालिकाले यस प्रकारको प्रतियोगिताबाट स्थानिय तहमा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन र संरक्षण गर्न सकिने विश्वास लिएको छ।

प्रतियोगिताको थप जानकारीको लागि नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?