२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

स्वतन्त्र पार्टीको नेता रोलमोडल हुनुपर्छ, हामीलाई अरुजस्तै हुने छुट छैन ः भुसाल

१४ पौष अर्घाखाँची ।

राष्ट्रिय स्वतन्त्र पार्टी शितगंगा ५ अर्घाखाँचीको प्रथम अधिबेशन आज जुकेनामा सम्पन्न भएको छ ।
पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालले घण्टी बजाएर उद्घाटन गरेको अधिवेशनले आयोजक समितिका संयोजक भविन्द्र शाहीको सभापतित्वमा वडा समितिको चयन गरेको छ ।
समितिको सदस्यहरुमा पान बहादुर नेपाली, बिरे कामी, माया अधिकारी, भेषराज पौडेल, युवराज गैरे, हुम बहादुर उचै मगर, ढुनकला पौडेल र माया पौडेल सदस्य रहेको वडा समितिको गठन गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला संयोजक भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता आचरण, व्यवहार र कार्यशैलीका हिसावले पनि फरक हुनुपर्ने बताए । हामीलाई अरुजस्तै हुने छुट छैन भुसालले भने स्वतन्त्र पार्टीको नेता रोलमोडल हुनुपर्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी कुनैपनि खालको भागवन्डाको पक्षमा नरहेको बताउदै भुसालले विधी कायम गर्ने सवालमा सतिसाल बनेर अगाडी बढ्न पार्टी सदस्यहरुलाई अनुरोध गरे ।
कार्यक्रममा रास्वपाको क्षेत्रीय सभापति कमल प्रसाद मरासिनी, भूमिकास्थान नगर संयोजक चिरन पन्थी, शितगंगा ३ का पूर्व वडा अध्यक्ष हेमनाथ भुसाल, शितगंगा ५ का पूर्व वडा अध्यक्ष कमल पौडेल लगायतले मन्तव्य राखेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?