२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

समृद्धि र सम्भावनाको भुमी शिबराज

लुम्बिनी प्रदेशको हृदयमा अवस्थित, कपिलवस्तु जिल्लाको एक गौरवशाली नगरपालिका हो — शिवराज नगरपालिका। सन् २०१४ ९वि।सं। २०७१० मा विभिन्न गाविसहरूलाई एकत्रित गर्दै गठन गरिएको यो नगरपालिका केवल भौगोलिक संरचना मात्र होइन, संस्कृति, सभ्यता, प्रकृति र विकासको संगम हो। यसको केन्द्र चन्द्रौटा बजार हो, जहाँ जीवनको गति व्यापार, शिक्षा, स्वास्थ्य र सामाजिक गतिविधिसँगै द्रुत गतिमा अघि बढिरहेको छ।

शिवराज नगरपालिकाको भौगोलिक बनावट अत्यन्तै अनुपम छ। यस नगरको पश्चिम भाग हरियालीले ढाकिएको पहाडी क्षेत्रले सुशोभित छ, जहाँ सधैं शीतल हावाले आत्मा स्पर्श गर्छ। त्यहीँ पहाडसँगै कलकल बग्ने खोलानाला, वनजङ्गल र चिरबिराउँदा चराचुरुङ्गीको आवाजले यहाँको प्रकृति अझै जीवित देखिन्छ। प्रत्येक बिहान सुर्य किरणहरूले पहाडको काखबाट नगरलाई सुनौलो रंगले सजाउँछन्।

नगरको बीचबाट सञ्जालिएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग विकासको मेरुदण्डजस्तै हो, जसले यहाँको व्यापारिक गतिविधि, यातायात र सम्पर्कलाई सहज बनाएको छ। दक्षिण तर्फ हुलाकी राजमार्गले पनि यो नगरलाई तराईका विभिन्न भागहरूसँग जोड्दै विकासको गति थप तीव्र बनाएको छ।

धार्मिक तथा ऐतिहासिक दृष्टिले पनि शिवराज नगरपालिका अत्यन्तै महत्वपूर्ण मानिन्छ। धनखोलामा अवस्थित शिव गढी धाम एक प्रसिद्ध तीर्थस्थल हो, जहाँ प्रत्येक वर्ष हजारौं भक्तजन दर्शन र पूजाआराधनाका लागि पुग्छन्। हरियालीले ढाकिएको त्यो शिवगढीको परिवेश, पुरानो धार्मिक महत्व र पवित्रताले यो ठाउँलाई एक आध्यात्मिक थलो बनाएको छ।

नगरपालिकाभित्र छरिएर रहेका ठूलाठूला तलाउ, तल्याइयाँहरू न केवल प्राकृतिक शोभाका प्रतीक हुन्, तर जैविक विविधता र स्थानीय जीवनशैलीसँग पनि गहिरो सम्बन्ध राख्छन्। यी जलस्रोतहरूले स्थानीय कृषिमा सहयोग पु¥याउनुका साथै पर्यटकहरूलाई आकर्षित गर्दै आएका छन्।

दक्षिण भेगमा रहेका साना उद्योग, घरेलु कलकारखाना र कलाकारको बस्ती शिवराजको आत्मनिर्भरता र सिर्जनात्मकताको चिनारी हुन्। यहाँका हस्तकलाले परम्परागत सीपलाई संरक्षण गर्दै आधुनिक बजारमा पनि आफ्नो पहिचान कायम राखेका छन्।

शिवराज नगरपालिका आज केवल एक स्थानीय सरकार मात्र होइन, यो एउटा सम्भावनाको केन्द्र हो। यहाँका बासिन्दाहरू जातीय, भाषिक र धार्मिक विविधता भए पनि आपसी समझदारी, सद्भाव र सहकार्यको अद्भुत उदाहरण प्रस्तुत गर्छन्। शिक्षामा प्रगति, स्वास्थ्य सेवाको सुधार, खानेपानी तथा सरसफाइको व्यवस्था, र सडक तथा यातायातको विकासले यो नगरलाई आधुनिकताको दिशामा अघि बढाइरहेको छ।

शिवराज नगरपालिका त्यस्तो भूमि हो जहाँ प्रकृति, संस्कृति र प्रगति एकैसाथ पाइन्छन्। रमणीय पहाड, हरियाली जंगल, ऐतिहासिक स्थल, आधुनिक पूर्वाधार र सहकार्ययुक्त समाजले यो नगरलाई लुम्बिनी क्षेत्रकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको छ।

शान्त वातावरण, समृद्ध सांस्कृतिक जरा, ऐतिहासिक धरोहर र उदीयमान सम्भावनाले भरिएको शिवराज नगरपालिका आजको पुस्ता र भोलिको भविष्यको लागि एक प्रेरणादायी नमूना बन्दै गएको छ।

लेखक माधव जोसी
लेखक
माधव जोसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (55%)
  • अचम्मित (27%)
  • दुःखी (9%)
  • हाँस्यास्पद (9%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

यी हुन शुशिला कार्की प्रधानन्याधिस हुँदा गरेको प्रमुख काम

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?