सन नेपाल लाइफ इन्स्योरेन्स क. लि.को छैटौ बार्सिक उत्सवमा विद्यार्थी लाइ कपडा बितरण

बिकास घिमिरे
अर्घाखाँची ।

 

सन नेपाल लाइफ इन्स्योरेन्स क। लि। को छैटौ बार्सिक उत्सवको अबसरमा शितगङ्गा २ सितापुरमा रहेको बिशेष शिक्षा स्रोत कक्षा ९ सुस्त मनिस्थिति ० का विद्यार्थीहरु लाइ न्यानो कपडा , बच्चाहरुले लगाउने डाइपर तथा फलफूल बितरण गरि बार्सिक उत्सव मनाएको छ । कार्यक्रम सन नेपाल लाइफ हितकोस अर्घाखाँची शाखाकि अध्यक्ष सुस्मा श्रेष्ठको अध्यक्षता , शितगङ्गा नगरपालिका वडा न का वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीको प्रमुख आतिथ्यमा भएको थियो ।

साथै कार्यक्रममा सरस्वती मा वि सितापुरका सहायक प्राध्यापक धर्मराज खनाल , अर्घाखाँची शाखा प्रमुख मिना बस्याल समाजसेवि मिन राज खनाल , शिक्षक केशब घिमिरे, शिक्षक शोभियत थापा, समाजसेवि टेक बहादुर क्षेत्री , समाज सेवि राम बहादुर दर्नाल बिशिस्ट अतिथिहरुको उपस्थित रहेको थियो ।

अतिथिहरुले कम्पनीको बार्सिक उत्सवको अबसर शुभकामना तथा धन्यवाद ज्ञापन गरेका थिए । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष यस्ता काम हरु गर्ने गरेको शाखा प्रमुख मिना बस्यालले बताउनु भएको थियो । कार्यक्रममा कम्पनिमा स्थापना काल देखि अभिकर्ता रुपमा काम गर्दै आउनु भएका सचिन बोहोरा, पार्बता पान्डे , सन्तोष पाण्डे , गिता क्षेत्री स्थानिय बासि आदिको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन शितगङ्गा उपशाखा प्रमुख दिनेश श्रेष्ठले गर्नु भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?