बिकास घिमिरे
अर्घाखाँची ।
सन नेपाल लाइफ इन्स्योरेन्स क। लि। को छैटौ बार्सिक उत्सवको अबसरमा शितगङ्गा २ सितापुरमा रहेको बिशेष शिक्षा स्रोत कक्षा ९ सुस्त मनिस्थिति ० का विद्यार्थीहरु लाइ न्यानो कपडा , बच्चाहरुले लगाउने डाइपर तथा फलफूल बितरण गरि बार्सिक उत्सव मनाएको छ । कार्यक्रम सन नेपाल लाइफ हितकोस अर्घाखाँची शाखाकि अध्यक्ष सुस्मा श्रेष्ठको अध्यक्षता , शितगङ्गा नगरपालिका वडा न का वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीको प्रमुख आतिथ्यमा भएको थियो ।
साथै कार्यक्रममा सरस्वती मा वि सितापुरका सहायक प्राध्यापक धर्मराज खनाल , अर्घाखाँची शाखा प्रमुख मिना बस्याल समाजसेवि मिन राज खनाल , शिक्षक केशब घिमिरे, शिक्षक शोभियत थापा, समाजसेवि टेक बहादुर क्षेत्री , समाज सेवि राम बहादुर दर्नाल बिशिस्ट अतिथिहरुको उपस्थित रहेको थियो ।
अतिथिहरुले कम्पनीको बार्सिक उत्सवको अबसर शुभकामना तथा धन्यवाद ज्ञापन गरेका थिए । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष यस्ता काम हरु गर्ने गरेको शाखा प्रमुख मिना बस्यालले बताउनु भएको थियो । कार्यक्रममा कम्पनिमा स्थापना काल देखि अभिकर्ता रुपमा काम गर्दै आउनु भएका सचिन बोहोरा, पार्बता पान्डे , सन्तोष पाण्डे , गिता क्षेत्री स्थानिय बासि आदिको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन शितगङ्गा उपशाखा प्रमुख दिनेश श्रेष्ठले गर्नु भएको थियो