युवाहरुको एकता,समाज सुधारमा अग्रसरता भन्ने मुल नाराका साथ २०६१ सालमा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा स्थापना भएको अर्घाखाँची युवा परिषद् द्धारा आयोजना हुने चौथो एवाईसी तिलक स्मृती भलिबल प्रतियोगिता खेलको तयारी पुरा भएको छ । सन्धिखर्क स्थित टुडिखेलमा हुने भलिबल खेलको तयारी पुरा भएको आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत तयारी पुरा भएको जानकारी गराएको छ ।
जिल्लाकै ठुलो मानिने प्रतियोगिताको रुपमा संचालन हुदै आएको प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख प्रदान गरिने युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए । खेलमा जिल्लाका ६ वटा पालिकाका खेलाडीहरु समाबेश हुने छन्। पालिका बाहेक २ जना सम्म बाहिरी खेलाडी सम्म थप गरि समाबेश हुने छन ।