न्यूजपाना ,शितगंगा/
शितगंगा नगरपालिका वडा नं. ११ र १२ को जोख्ले गैरा र ढुङ्गेशरामा २०७७ सालमा गएको पहिरो पिडितहरुका लागी बिभिन्न संस्था तथा निकायहरुबाट प्राप्त नगद रु १०,९३,०६८ ( दश लाख तिरानवे हजार अठसठ्ठि रुपैयाँ ) र २१८ जस्तापाता सहित खाधान्न सम्बन्धित क्षेत्रका पहिरो पिडित हरुलाई वितरण नगरी तत्कालिन नगर प्रमुख सुर्य प्रसाद अधिकारीको तोक आदेशमा आफु अनुकुलका ब्यक्क्तिहरुलाई अन्यत्रै वितरण गरिएको रेकर्ड देखिएकोले बिपतबाट घरबार बिहिन नागरीक माथी गरिएको यस प्रकारको बिभेद तथा अन्यायको नेपाल कम्युनिष्ट पार्टी ( एमाले) शितगंगा नगरपालिका नगर कमिटिले घोर भ्रत्सना गर्दै विज्ञप्ती जारी गरेको छ ।
उक्त्त रकम र सामग्रि सम्बन्धीत क्षेत्रका पहिरो पिडितहरुलाई तत्काल उपलब्ध गराउन तथा यस प्रकारको कार्यमा संलग्न सबै पक्षलाई न्यायोचित छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाहिकोे नेकपा एमाले शितगंगा नगर कमिटिले माग गरेको छ ।