चौथो शितगंगा महोत्सव सुरू, नगरप्रमुख पौडेल द्धारा उद्घाटन

 

शितगंगा उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘चौथो शितगंगा महोत्सव आज उद्धघाटन गरिएको छ । शितगंगा ४ ठाडा डमरुदहमा महोत्सव सुरु भएको हो । ‘स्थाननिय उत्पादन स्थानिय बजार समृद्धिको मुल आधार भन्ने नारा साथ भब्यरुपमा महोत्सव उद्धघाटन गरिएको हो ।महोत्सवको उद्घाटन गर्दै नगर प्रमख छबिलाल पौडेलले शितगंगााका सम्भावनाहरूलाई पहिल्याएर आर्थिक विकास र समाज परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो ।


पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको महोत्सवमा यस क्षेत्रको प्रचार प्रसारमा कमी नराख्न आयोजकलाई अनुरोध गर्नु भयो ।महोत्सवमा कृषि, , हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी १०० बढी स्टल रहेका छन् ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख गीता भाटले शितगंगा महोत्सवले यस क्षेत्रको ब्यापार तथा कृषि उत्पादन बिक्रीमा सकारात्मक भुमिका खेल्ने बताउनु भयो ।

यस्तै प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले शितगंगा नगरपालिकामा भएका सकारात्मक कुराको प्रचार र सुधार गर्नु पर्ने कुरामा सुझाव दिन अनुरोध गर्नु भयो । हरेक कुरामा नकारात्कम कुरा मात्र गर्दा पनि शितगंगा नगरपालिकामा केही भएकै छैन जस्तो भान हुने गरेका बताउदै भएका काममा चर्चा गर्नु पर्ने बताउनु भयो । कार्यकममा पुर्व प्रदेश सांसद जाल्पा भुसाल बिभिन्न वडाका वडा अध्यक्ष,संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


यस पटकको प्रमुख आर्कषक डमरुदहमा डुंगा सञ्चालन रहेकोले मेलाका निर्देशक शुशिल केसीले बताउदै आन्तरिक प्रर्यटक भित्राउन यसले सहयोग गर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले महोत्सवमा स्थानिय उत्पादन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिन अनुरोध गर्नु भयो । शितगंगा नगरपालिकाले बिभिन्न बिधामा कृषिको उत्पादन प्रतिस्पर्धा गराएर पुरस्कार तथा सम्मान गर्ने भएको हो ।शितगंगा उद्योग वाणिज्य संघको आयोजना तथा नमस्ते अर्घाखाँची समाजको सहआयोजनामा हुने महोत्सवमा जेष्ठनागरिक अपांगता भएकाहरु लाई निशुल्क प्रवेस रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?