शितगंगा नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकालाई रिफ्रेसर तालिम

अर्घाखाँची । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि ४ दिने रिफ्रेसर तालिम शितगंगा नगरपालिकामा सञ्चालन गरिएको छ।

तालिममा नगरभित्र कार्यरत १४८ जना मध्ये २६ जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथि शितगंगा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेल ले समुदाय स्तरमै स्वास्थ्य सेवा प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यस्ता तालिमले सेवा प्रवाहमा गुणस्तर थपिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोख्रेलले यस वर्ष जिल्लाभर करिब २०० जना महिला स्वास्थ्य स्वयंसेविकालाई यस्तै प्रकारका रिफ्रेसर तालिम प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार नियमित तालिममार्फत स्वयंसेविकाको क्षमता अभिवृद्धि गरी गाउँटोलसम्म गुणस्तरीय स्वास्थ्य सन्देश र सेवा पुर्‍याउने योजना रहेको छ।समयअनुसार स्वास्थ्यसम्बन्धी ज्ञान अद्यावधिक गराउन र समुदायमा प्रभावकारी सन्देश प्रवाह गर्न स्वयंसेविकाहरूलाई नियमित तालिम आवश्यक पर्ने भएकाले यो कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको हो।

चार दिनसम्म सञ्चालन भएको तालिममा आधारभूत स्वास्थ्य सेवा, गर्भवती तथा सुत्केरी आमाको हेरचाह, नवजात शिशु स्याहार, परिवार नियोजन, पोषण व्यवस्थापन, नियमित खोप, सरसफाइ, संक्रामक तथा नसर्ने रोगको पहिचान, प्राथमिक उपचार, अभिलेख व्यवस्थापन, घरदैलो अनुगमन तथा समुदायमा स्वास्थ्य शिक्षा प्रवाह गर्ने तरिकाबारे विस्तृत सहजीकरण गरिएको थियो।
सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवले आफ्नो कार्यक्षेत्रमा थप आत्मविश्वासका साथ सेवा दिन सहज हुने बताएका छन्। उनीहरूले सिकेका विषयवस्तुलाई व्यवहारमा उतार्दै समुदायको स्वास्थ्य अवस्था सुधारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

स्थानियतह लाई दुख दिने डिएफओ को सरुवा

0

मुख्यमन्त्री आचार्यद्वारा प्रथम रुरुक्षेत्र शालग्राम महोत्सवको उद्घाटन

0

शितगंगा नगरपालिका द्वारा वडा नम्बर ६ मा घुम्ती शिबिर सम्पन्न

0

जलुकेमा सञ्चालन भइरहेको तिज गित प्रतियोगिता Live

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?