शितगंगा नगरपालिकाले वडा नम्बर ८ मा एकीकृत घुम्ती शिविर सम्पन्न गरेको छ। नगरपालिकाको यस शिविरले वडा नम्बर ८ तथा पायक पर्ने अन्य वडाका सेवाग्राहीहरूलाई घरदैलोमै विभिन्न सरकारी सेवा उपलब्ध गराएको छ।

सेवाहरूमा अपांगता परिचयपत्र वितरण, जेष्ठनागरिक परिचय पत्र बितरण पाठेघरको मुखको क्यान्सर परीक्षण, औषधि वितरण, योजना सम्झौता, र अन्य महत्वपूर्ण सेवा समावेश गरिएका थिए।
शिविरमा विशेषगरी अपांगता परिचयपत्र वितरणको कार्यले धेरैलाई राहत पुर्याएको छ। यसैगरी, पाठेघरको मुखको क्यान्सर परीक्षण सेवाबाट महिला स्वास्थ्यप्रति सचेतना फैलिएको छ। औषधि वितरण सेवा स्थानीय नागरिकहरूका लागि निकै उपयोगी रह्यो, जसले सर्वसाधारणलाई नगरपालिका जानुपर्ने झन्झटबाट मुक्त गराएको छ।
विभिन्न योजनाहरूको सम्झौता शिविरमै गरिँदा सेवाग्राहीहरूको समय र खर्च दुवै बचत भएको छ।
शिबिरमा २५ बढि विभिन्न योजना सम्झौता भएका छन , १८ जना गर्भवतीको भिडियो एक्सरे गरिएको छ । ३६ जनाको क्षयरोग परिक्षण गरिएको छ यस्तै १जना “क” बर्ग जेष्ठनागरिक परिचय पत्र ४ जना तथा अन्य शिफारिस गरिएको छ ।

स्थानीय जनप्रतिनिधिहरूले सेवाग्राहीहरूको आवश्यकतामा केन्द्रित भएर शिविर आयोजना गरे पछि खुशी ब्यक्त गरेका छन ।
वडा नम्बर ८ का अध्यक्ष रुकेश आलेले शिविरको सफलताप्रति खुशी व्यक्त गर्दै यस्ता शिविरलाई भविष्यमा पनि निरन्तरता दिनका लागि अनुरोध गर्नु भयो ।
शिविरमा सेवा लिन आएका नागरिकहरूले पनि यस्तो कार्यक्रमप्रति आफ्नो सन्तुष्टि व्यक्त गरेका छन्।

नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरू र स्वास्थ्यकर्मीहरूको समन्वयमा सेवा छिटोछरितो रूपमा उपलब्ध गराउँदा नागरिकहरूले ठूलो राहत महसुस गरेका छन्।

शितगंगा नगरपालिकाले स्थानीय तहमा सेवा सहज रूपमा पुर्याउने लक्ष्यसहित आयोजना गरेको यो एकीकृत घुम्ती शिविरले नागरिकहरूको समय, श्रम, र खर्च बचत गर्दै सेवाग्राहीहरू लाई सहज होस भन्ने उदेश्यले शिबिर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख छबिलाल पौडेल, उपमेयर गीता भाट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा , योजना शाखा प्रमुख नुमलाल खनाल, शंकर अर्यालडाक्टर राग्बेन्द्र शर्मा ,वडा अध्यक्ष रुकेश आले, स्वास्थ शाखा प्रमुख दामोदर ढकाल ,कृषि शाखा प्रमुख मनिराम पौडेल नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।






